राजनीतिक दलबाट निर्वाचन आचारसंहिता उल्लंघन

 शुक्रबार, बैशाख ३०, २०७९ | onlinenews

रामेछाप । रामेछापमा राजनीतिक दलहरुले मतदान स्थलमा निर्वाचन आचारसंहिता विपरी कार्य गरेका छन् । खाँडादेवि गाउँपालिका वडा नं. ५ प्रयागेश्वर माध्यमिक विद्यालयमा पकरबासमा रहेको मतदान स्थलमा ती ठूला पार्टीहरु नेकपा एमाले, नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले आफ्ना मतदाताहरुलाई क्याप टोपी लगाउन बाध्य पारेका छन् । नेकपा एमालेले रातो रंङ्ग, नेपाली काँग्रेसले हरियो रंङ्ग र नेकपा माओवादी केन्द्रले खरानी रंङ्गको क्याप टोपी मतदाताहरुलाई वितरण गरेका छन् ।
मतदाताहरुलाई लगाइदिएको टोपीबाट कुन पार्टीको कति मत छ भन्ने स्ष्पट देख्न सकिन्छ । कुनै पनि पार्टीमा खुल्न नचाहने मतदाताहरुलाई समेत पार्टी कार्यकर्ताहरुले टोपी लगाउन बाध्य बनाएका छन् ।

 

प्रतिकृया

Add