मतपेटीका बोकेको गाडी दुर्घटना, मतदान अधिकृत गम्भीर घाइते

 शुक्रबार, बैशाख ३०, २०७९ | onlinenews

रामेछाप । जिल्लाको रामेछाप नगरपालिका वडा नं. १ बाट मतपेटीका लिएर नगरपालिकाको कार्यालय रामेछाप आउँदै गरेको गाडी दुर्घटना भएको छ । गोठगाउँ मतदान स्थल अन्तर्गत ३ वटा मतदान केन्द्रको मतपेटीका बोकेर नगरपालिका आउँदै गरेको ना ७ ख ३५०४ नं. को गाडी वडा नं. ३ को रिष्ठाबाटेमा दुर्घटना हुँदा मतदान अधिकृत मनोज कुमार सिं गम्भीर घाइते भएका छन् । सोही गाडीमा सवार दुई जना म्यादी प्रहरी र एकजना नेपाल प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ । सो गाडीमा दुई जना मतदान अधिकृत, ४ जना नेपाल प्रहरी, १० जना म्यादी प्रहरी तथा चालक र सहचालक गरि १८ जना सवार रहेका थिए ।
प्रहरीका अनुसार गाडीको ब्रेक फेल भएर अनियन्त्रित हुँदा दुर्घटना भएको थियो । गोठगाउँ मतदान केन्द्रको मतपेटीका लिएर आएको गाडी साँघुटार बाँकीमैरीको मतदान केन्द्रको मतपेटिका लिन रामेछाप नगरपालिका वडा नं. ३ हुँदै आएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

प्रतिकृया

Add

Comments are closed.

1 COMMENTS
  • सुजन कार्की

    यो दुर्घटना हैन दुर्घटनाको रुप देखाईएको हो ! यसलाई सम्बन्धित निकायले गम्भीर रुपमा ध्यानाकर्षण गरिनुपर्छ ।