बाख्रापालन कृषकको सार्वजनिक सुनुवाई

 शुक्रबार, चैत्र १८, २०७३ | onlinenews

 चैत १८ ,रामेछाप- रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नम्बर ९ मा  पुरानागाउँमा रहेको थानापती बाख्रा पालन कृषक समुहले सार्वजनिक सुनुवाई गरेको छ । संस्थाका सदस्य र स्थानीयहरुलाई सो बाख्रा पालन कृषक समुहले गरेका काम तथा गतिविधिहरु जानकारी गराइएको छ । नेपाल सरकार कृिष विकास मन्त्रालय  व्यवसायिक कृषि तथा व्यापार आयोजना तथा विश्व वैंकको आयोजनामा सञ्चालित व्यावसायिक बाख्रापालन आयोजनामा कुल ६१ लाख ९० हजार ४ सय ९९ सय रुपैयाँ लगानी रहने विवरण संस्थाका अध्यक्ष रामबाबु गिरीले प्रस्तुत गरेको थिए ।
आयोजनामा विश्व बैंकको ३० लाख १२ हजार ९ सय ९९ रुपैया पुरक अनुदान  रहेको छ भने अनुदानग्राही संस्थाको ३१ लाख ७७ हजार ५ सय रुपैयाँ रकम रहने अध्यक्ष  गिरीले जानकारी दिए ।
त्यो फर्ममा ५ सय बाख्रा अट्न सक्ने क्षमता रहेको छ । अहिले करिब १ सय उन्नत जातका बाख्रा रहेको र गाउँलाई नै बाख्रा हबको रुपमा विकास गर्ने योजना रहेको बताइएको छ ।
त्यसैगरी पुरानागाउँकै सुनापति घाँस उत्पादन समुहको पनि सार्वजनिक स्ुनुवाई सम्पन्न भएको छ । त्यस बखत बार्षीक ३ हजार टन घाँस उत्पादन गर्ने लक्षय सहितको कुल ३९ लाख ६९ हजार ५ सय १४ रुपैया खर्च लाग्ने बजेट प्रस्तुत गरिएको थियो ।
३ सय रोपनिमा उन्नत जातको घाँस खेतीगर्ने र त्यसको लागी स्थानीय सँग साझेदारी गरी काम थाल्ने पनि समुहले बताएको छ । सार्वजनिक सुनुवाई कार्यक्रममा मन्थली नगरपालिका वडा नम्बर ९ का सचिव प्रेम बहादुर श्रेष्ठ , पशु कार्यालयका प्राविधिक सुमन गीरी,  पत्रकार महासंघका उपाध्यक्ष कैलाश खत्री , स्थानीय राजनीतीक दल, बाख्रापालन र घाँसखेती समुहका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

प्रतिकृया

Add