रामेछापमा खाँडादेवी गाउँपालिका बाहेक सबै पालिकामा मत गणना सुरु

 शनिबार, बैशाख ३१, २०७९ | onlinenews

रामेछाप । रामेछाप जिल्लामा खाँडादेवी गाउँपालिका बाहेक सबै पालिकाहरुमा मतगणना सुरु भएको छ । गोकुलगंगा गाउँपालिका र लिखु तामाकोसी गाउँपालिकामा बिहानैदेखि मत गणना सुरु भए पनि मन्थली नगरपालिका, रामेछाप नगरपालिका तथा सुनापति गाउँपालिका र दोरम्बा शैलुङ्ग गाउँपालिकामा ढिला गरि मतगणना सुरु भएको छ । गोकुलगंगा गाउँपालिका वडा नं. १ मा नेपाली काँग्रेसले विजय प्राप्त गरिसेको छ भने अन्य पालिकाहरुमा मत परिणा आउँने क्रम जारी रहको छ ।
उमाकुण्ड गाउँपालिका
पछिल्लो मत परिणाम अनुसार उमाकुण्ड गाउँपालिकामा ३ सय मत गणना हुँदा गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेस १२९, नेकपा एमाले १०९, राप्रपाले १९ प्राप्त गरेको छ । उपाध्यक्ष पदम नेपाली काँग्रेस ११४, नेकपा एमाले १०१, नेकपा माओवादी केन्द्र २३ र एकीकृत समाजवादीले ११ मत प्राप्त गरेको छ ।
लिखु तामाकोसी गाउँपालिका
लिखु तामाकोसी गाउँपालिकामा अध्यक्ष पदमा नेपाली काँग्रेस ३५२, नेकपा एमाले ३९२, एकीकृत समाजवादीले ३२ मत प्राप्त गरेको छ । उपाध्यक्ष पदामा नेपाली काँग्रेस ३२७, नेकपा एमाले ४०४ र नेकपा माओवादी केन्द्रले ५२ मत प्राप्त गरेको छ ।
दोरम्बा शैलुङ्ग गाउँपालिका
दोरम्बा शैलुङ्ग गाउँपालिकामा अध्यक्ष पदमा नेपाली काँग्रेस नेकपा माओवादी गठबन्धनले ३१ मत र नेकपा एमालेले ५७ मत प्राप्त गरेको छ । उपाध्यक्ष पदमा नेकपा एमाले ५५ र गठबन्धनले ३१ मत प्राप्त गरेको छ ।
सुनापति गाउँपालिका
सुनापति गाउँपालिकामा १७७ मत गन्दा अध्यक्षमा नेपाली काँग्रेस ६५ नेकपा माओवादी केन्द्र ६७ नेकपा एमाले ४३, उपाध्यक्ष माओवादी ७८, काँग्रेस ६९ र एमालेले ३८ प्राप्त गरेको छ । वडा अध्यक्षमा नेकपा माओवादी ६७, नेपाली काँग्रेस ६७ नेकपा एमालेले ३९ प्रात गरेका छन् । दुई मत बदर भएको छ ।

प्रतिकृया

Add