सुनापति गाउँपालिका १ मा नेपाली काँग्रेसका उम्मेदवार विजयी

 आइतवार, जेष्ठ १, २०७९ | onlinenews

रामेछाप– सुनापति गाउँपालिका वडा नं. १ को अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् । नेपाली काँग्रेसका उम्मेदवार ध्रुवप्रसाद चौलागाई ९३२ मत सहित वडा अध्यक्षमा निर्वाचित भएका हुन् । वडा अध्यक्षका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका उम्मेदवार चन्डेश्वर चौलागाईले ९१७ मत र नेकपा एमालेका उम्मेदवारले ३०५ मत ल्याएका छन् ।
वडा नं. १ गुन्सीबाट गाउँपालिका अध्यक्षको पदमा नेपाली काँग्रेसले ९२४ नेकपा माओवादी केन्द्रले ८९४ र नेकपा एमाले ३३० मत प्राप्त गरेको छ । २०७४ सालको स्थानीय तह निर्वाचनमा सुनापति गाउँपालिका नेकपा माओवादी केन्द्रले क्लिनस्वीप गरेको छ ।

प्रतिकृया

Add