मन्थली नगरपालिका वडा नं. १४ एमालेको उम्मेदावर विजयी

 आइतवार, जेष्ठ १, २०७९ | onlinenews

रामेछाप । मन्थली नगरपालिका वडा नं. १४ मा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । एमाले वडा अध्यक्षका उम्मेदवार ६५० मत सहित वडा अध्यक्षमा निर्वाचित भएका हुन् । वडा अध्यक्षका प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवारले ३९२ मत ल्याएका छन् भने नेकपा माओवादी केन्द्रका उम्मेदवारले ४३५ मत प्राप्त गरेका छन् ।
मन्थली नगरपालिका वडा नं. १४ बाट नगरप्रमुखको पदमा नेपाली काँग्रेसले ४८४, उप्रमुखले ४०३ मत ल्याएको छ भने नेकपा एमालेलाई नगरप्रमुखको पदमा ६५०, उपप्रमुखमा ६६७ मत झरेको छ । माओवादी केन्द्रलाई नगरप्रमुखमा ३८७ र उप्रमुखमा ३७४ झरेको छ ।

प्रतिकृया

Add