मन्थली नगरपालिका वडा नं. १३ मा एमालेको उम्मेदावर विजयी

 सोमवार, जेष्ठ २, २०७९ | onlinenews

रामेछाप । मन्थली नगरपालिका वडा नं. १३ मा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । एमाले वडा अध्यक्षका उम्मेदवार नवराज थापामगर ६८९ मत सहित वडा अध्यक्षमा निर्वाचित भएका छन् । वडा अध्यक्षका प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार हरिराम गरीले ३९९ मत ल्याएका छन् भने नेकपा माओवादी केन्द्रका उम्मेदवार सन्तोष चौहानले २४० मत प्राप्त गरेका छन् । त्यसैगरी स्वतन्त्र उम्मेदवार ओमकार घिमिरेले ३५२ मत प्राप्त गरेका छन् । मन्थली नगरपालिका वडा १३ नेकपा माओवादी केन्द्रले चौथो स्थान हासिल गरेको छ ।
मन्थली नगरपालिका वडा नं. १३ बाट नगरप्रमुखको पदमा नेपाली काँग्रेसले ४९१, उप्रमुखले ४४० मत ल्याएको छ भने नेकपा एमालेलाई नगरप्रमुखको पदमा ७६४, उपप्रमुखमा ७६४ मत झरेको छ । माओवादी केन्द्रलाई नगरप्रमुखमा २१८ र उप्रमुखमा १०१ झरेको छ । त्यस्तै एकीकृत समाजवादीलाई उपप्रमुखमा १११ मत खसेको छ ।

प्रतिकृया

Add