दोरम्बा शैलुङ्ग गाउँपालिका वडा नं. २ मा माओवादीका उम्मेदवार विजयी

 सोमवार, जेष्ठ २, २०७९ | onlinenews

रामेछाप । दोरम्बा गाउँपालिका वडा नं. २ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार मेचमान योञ्जन विजयी भएका छन् । माओवादीबाट वडा अध्यक्षका उम्मेदवार मेचमान योञ्जन ७६१ मत सहित वडा अध्यक्षमा निर्वाचित भएका छन् । दोरम्बा गाउँपालिका वडा नं. २ माओवादीको प्यानल नै विजय भएको छ । वडा अध्यक्षका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार श्यामकुमार थापामगर ले ७१६ मत ल्याएका छन् भने नेपाली काँग्रेस का उम्मेदवार शंकरला लामाले ५५६ मत प्राप्त गरेका छन् ।
दोरम्बा शैलुङ्ग गाउँपालिका २ वटा वडाको मत गणना गर्दा गाउँपालिका अध्यक्षको पदमा नेकपा माओवादी केन्द्रले १९६०, उपाध्यक्षले १८०० मत ल्याएको छ भने नेकपा एमालेलाई गाउँपालिका अध्यक्ष पदमा १९२१ र उपाध्यक्षमा १८४४ मत झरेको छ ।

प्रतिकृया

Add