माओवादी जिल्ला सचिवको वडामा एमालेको क्लिन स्वीप

 सोमवार, जेष्ठ २, २०७९ | onlinenews

रामेछाप । मन्थली नगरपालिका वडा नं. २ मा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । एमाले वडा अध्यक्षका उम्मेदवार सुरेन्द्रबहादुर कार्की ८७२ मत सहित वडा अध्यक्षमा निर्वाचित भएका छन् । वडा नं. २ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । वडा अध्यक्षका प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार इश्वर बस्नेतले ४६३ मत ल्याएका छन् भने नेकपा माओवादी केन्द्रका उम्मेदवार फाल्गुन कुमार खड्काले ३९८ मत प्राप्त गरेका छन् । नेकपा माओवादी केन्द्र रामेछापका सचिव तथा संविधानसभा सदस्य समेत रहेका तारानारायण श्रेष्ठको वडामा नेकपा माओवादी केन्द्रले तेश्रो स्थान हासिल गरेको हो ।
मन्थली नगरपालिका वडा नं. २ बाट नगरप्रमुखको पदमा नेपाली काँग्रेसले ६३५, उप्रमुखले ६५३ मत ल्याएको छ भने नेकपा एमालेलाई नगरप्रमुखको पदमा ७९९, उपप्रमुखमा ७१५ मत झरेको छ । माओवादी केन्द्रलाई नगरप्रमुखमा ३६४ र उप्रमुखमा २४६ मत झरेको छ ।

प्रतिकृया

Add