गोकुलगंगा गाउँपालिकामा काँग्रेसका उम्मेदवार विजयी

 सोमवार, जेष्ठ २, २०७९ | onlinenews

रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिकामा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् । गोगुलगंगा गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार काजीबहादुर खड्का ६ हजार ९३ मत ल्यार गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् । त्यसैगरी गाउँपालिका उपाध्यक्षमा नेपाली काँग्रेसकै उम्मेदवार उसा कार्की ५ हजार २ सय ५३ मत ल्याएर निर्वाचित भएकी छन् ।
गाउँपालिका अध्यक्षका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार खड्गबहादुर सुनुवारले ४ हजार ७ सय १० मत ल्याएका छन् । सुनुवार निवर्तमान गाउँपालिका अध्यक्ष हुन् । नेकपा एकीकृत समाजवादीका उम्मेदवारले २६३ मत प्राप्त गरेका छन् । त्यसैगरी उपाध्यक्षका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार राधीका श्रेष्ठ (नेवार)ले ४ हजार ७ सात ८६ मत ल्याएकी छन् भने नेकपा माओवादी केन्द्रका उपाध्यक्षमा उम्मेदवारले १ हजार १ सय ६७ मत प्राप्त गरेका छन् ।

प्रतिकृया

Add