रामेछापमा दुई गाउँपालिका र ३८ वडाको मत गणना सम्पन्न, माआवादी र काँग्रेसले १/१ पालिका जिते

 मङ्लबार, जेष्ठ ३, २०७९ | onlinenews

नवराज विश्वकर्मा


रामेछाप । रामेछापको दुई गाउँपालिका र ३८ वटा वडाको मत परिणाम सार्वजनिक भएको छ । जिल्लाको दुई नगरपालिका र ६ गाउँपालिकासहित ८ स्थानीय तह अन्तर्गतका ६४ वटा वडा रहेका छन् । जस मध्य २ वटा गाउँपालिका र ३८ वटा वडाहरुको मत गणना सकिएको छ । राजनीतिक दलहरुको विवादको कारण खाँडादेवी गाउँपालिका वडा नं. १ राकाथुममा स्थागित भएको निर्वाचन पनि सोमबार सम्पन्न भएपछि खाँडादेविमा पनि मत गणना सुरु भएको छ ।
जिल्लाका ८ स्थानीय तह मध्य गोकुलगंगा गाउँपालिका र सुनापती गाउँपालिकाको मत गणना सम्पन्न भएको छ । गोकुलगंगा गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका काजीबहादुर खड्का विजयी भएका छन् भने उपाध्यक्षमा पनि नेपाली काँग्रेसबाट उसा कार्की निर्वाचित भएकी छन् । त्यसैगरी सुनापति गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका ठूलाकान्छा तामाङ र उपाध्यक्ष माओवादीकै गीता विष्ट चौलागाई निर्वाचित भएकी छन् । अन्य पालिकाहरुको मत गणना जारी रहेको छ ।
जिल्लाका ६४ वडा मध्ये ३८ वडाको मत गणना सकिएको छ । मत परिणाम अनुसार काँग्रेसले १३ वटा वडा, एमाले १२ वटा र माओवादी केन्द्र ८ वटा वडामा जित हासिल गरेका छन् ।
मत गणना सकिएको वडाहरु मध्य रामेछाप नगरपालिकाको वडा नं. १, ३, ४, ५ र ६ नेपाली काँग्रेसले जितेको छ भने वडा नं. २ माओवादी केन्द्रले जितको छ । रामेछाप नगरपालिका प्रमुख र उप्रमुखमा काँग्रेले अग्रता कायम राखेको छ । पछिल्लो मत परिणाम अनुसार नगर प्रमुखमा काँग्रेसको ५ हजार १ सय ६७ रहेको छ भने एमालेको ५ हजार ४५ मत रहेको छ । नगर प्रमुखमा एमाले उम्मेदवार भन्दा काँग्रेस उम्मेदवार १ सय २३ मतले आगाडि रहेका छन् । उप प्रमुखमा एमालेको ४ हजार ६ सय ४४ मत, काँग्रेसको ५ हजार २ सय ३७, समाजवादीको १ हजार ३ सय ६९ र राप्रपाको ७१ मत रहेको छ ।
मन्थली नगरपालिकामा ८ वटा वडाको मत गणना सम्पन्न हुँदा नेपाली काँग्रेसले वडा नं. १, ४ र १२ जितेको छ भने वडा नं. २, ३, १३ र १४ नेकपा एमालेले जितेको छ । वडा नं. ११ भने माओवादीले जित हासिल गरेको छ । मन्थली नगरपालिकाको प्रमुखमा एमालेले अग्रता कायमै राखेको छ । अहिलेसम्मको प्राप्त मत परिणाम अनुसार एमालेको ५ हजार ७ सय ९१, काँग्रेसको ५ हजार १ सय ४५ र माओवादी २ हजार ४ सय ४० मत रहेको छ । उपप्रमुखमा एमालेको ५ हजार ७ सय ४३, काँग्रेसको ५ हजार १ सय १८ र समाजवादीको ७ सय ७३ रहेको छ ।
यसैबीच, दोरम्बा शैलुङ गाउँपालिकामा हालसम्म तीन वटा वडाको मत परिणाम सार्वजनिक भएको छ । प्राप्त मतपरिणामअनुसार वडा नं. १ मा एमाले, वडा नं. २ मा माओवादी र वडा नं. ३ मा काँग्रेस विजयी भएको छ । गाउँपालिका अध्यक्षमा एमालेको ३ हजार १, माओवादीको ३ हजार १ सय ५९ रहेको छ । अध्यक्षमा एमालेभन्दा माओवादी १ सय १५ मतले अघि रहेको छ । उपाध्यक्षतर्फ एमालेको २ हजार ८ सय ९२, काँग्रेस ३ हजार १ सय ५९ र समाजवादीको २२ रहेको छ ।
यसैगरी लिखुतामाकोशी गाउँपालिकामा अहिलेसम्म तीन वटा वडाको मत परिणाम सार्वजनिक भएको छ । प्राप्त मत परिणाम अनुसार वडा नं. १ र २ मा एमाले विजयी भएको छ भने वडा नं. ७ मा माओवादी केन्द्र विजयी भएको छ । गाउँपालिका अध्यक्षमा काँग्रेसको २ हजार ४ सय २३, एमालेको दुई हजार २ सय २३ मत रहेको छ । अध्यक्षमा एमालेभन्दा काँग्रेस २ सय मतले अगाडि रहेको छ । उपाध्यक्षमा एमालेका उम्मेदवार लिड गरिएको छ । एमालेको २२ सय ८८ रहेको छ भने काँग्रेसको १ हजार ८ सय ७५ रहेको छ । कूल ७ वटा वडा रहेको उमाकुण्ड गाउँपालिकामा अहिलेसम्म ५ वटा वडाको मत गणना सम्पन्न भएको छ । प्राप्त मत परिणामअनुसार वडा नं. १, ४ र ५ को अध्यक्षमा एमाले विजयी भएको छ । वडा नं. ३ को वडा अध्यक्ष एमालेले जित्दा ४ जना सदस्य काँग्रेसले जितेको छ । वडा नं. २ र ४ को अध्यक्ष माओवादीले जितेको छ । वडा नं. २ को वडा अध्यक्ष माओवादीले जित्दा ४ जना सदस्य काँग्रेसले जितेका छन् । गाउँपालिका अध्यक्षमा एमालेको २ हजार ७ सय ९४, काँग्रेसको १ हजार ७ सय २४ रहेको छ । गाउँपालिका अध्यक्षमा एमाले १ हजार ७० मतले लिड गरेको छ ।

उपाध्यक्षमा काँग्रेसको २ हजार ८९ रहेको छ भने एमालेको १९ सय ६० मत रहेको छ । उपाध्यक्षमा काँग्रेसले ३ सय ६५ मतले लिड गरिरहेको छ ।
यस्तै, पाँच वटा वडा रहेको सुनापती गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्षमा माओवादी विजयी भएको छ । वडा नंं. १ बाहेक सबै वडा माओवादीले जितेको छ । वडा नं. १ को अध्यक्षमा काँग्रेस विजयी भएको छ । यसैगरी, गोकुलगङ्गा गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षमा काँग्रेस विजयी भएको छ । ६ वटा वडा रहेको गोकुलगंगा गाउँपालिकामा ४ वटा वडा अध्यक्ष काँग्रेस र २ वटा वडा अध्यक्ष एमालेले जितेको छ । गाउँपालिकाको वडा नं १ मा काँग्रेका छत्रबहादुर बस्नेत, वडा नं २ मा काँग्रेसकै सुन्दर कार्की, वडा नं ३ मा एमालेका नरविक्रम कार्की, वडा नं ४ मा काँग्रेसका रामचन्द्र बस्नेत, वडा नं ५ मा एमालेका दीपक कार्की र वडा नं ६ मा काँग्रेसका चन्द्रबहादुर सुनुवार अध्यक्षमा निर्वाचित भएका छन् ।

प्रतिकृया

Add