२६ वर्षपछि तोडियो विराशतः माओवादीको गढमा काँग्रेसको विजय उत्सव

 मङ्लबार, जेष्ठ ३, २०७९ | onlinenews

रामेछाप । मन्थली नगरपालिका वडा नं. ४ सालुमा २६ वर्षपछि नेपाली काँग्रेसले वडा अध्यक्ष जितेको छ । नेकपा माओवादी केन्द्रको लालकिल्ला मानिएको सालुमा माओवादीलाई तेस्रो स्थानमा पुर्याउदै नेपाली काँग्रेसको प्यानल नै विजयी भएको छ ।
नेपाली काग्रेसको वडा अध्यक्षका उम्मेदवार राजन घिमिरे ८८४ मत सहित वडा अध्यक्षमा निर्वाचित भएका छन्् । त्यसैगरी नेपाली काँग्रेसबाटै महिला सदस्यमा अम्बिका काफ्ले, दलित महिला सदस्यमा पदममाया नेपाली, खुल्ला सदस्यमा अनन्त मगर र हेमबहादुर मगर विजयी भएको छ । वडा अध्यक्षका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार शुक्रबहादुर श्रेष्ठले ६३१ मत ल्याएका छन् भने नेकपा माओवादी केन्द्रका उम्मेदवार रामकुमर श्रेष्ठले ४१० मत प्राप्त गरेका छन् । सालुमा यस अधि पहिलो हुँदै आएको माओवादीले यस पटक तेस्रो स्थान हासिल गरेको छ ।
मन्थली नगरपालिका वडा नं. ४ बाट नेपाली काँग्रेसले नगरप्रमुखको पदमा ८४३, उप्रमुखले ६८७ मत ल्याएको छ भने नेकपा एमालेलाई नगरप्रमुखको पदमा ६६८, उपप्रमुखमा ९०० मत झरेको छ । नेकपा माओवादी केन्द्रलाई नगरप्रमुखमा ३५० र उप्रमुखमा २०७ मत झरेको छ ।

प्रतिकृया

Add