सुनापति गाउँपालिकामा माओवादी केन्द्रका उम्मेदावर विजयी

 मङ्लबार, जेष्ठ ३, २०७९ | onlinenews

रामेछाप । रामेछापको सुनापति गाउँपालिकामा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । सुनापति गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार ठूलाकान्छा तामाङ ५ हजार ३ सय ९३ मत सहित निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका उम्मेदवारलाई फराकिलो मतान्तरले पछि पार्दै गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् । त्यसैगरी गाउँपालिका उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकै गीत विष्ट (चौलागाई) ५ हजार ३ सय ६० मत ल्याएर निर्वाचित भएकी छन् ।
गाउँपालिका अध्यक्षका प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार कमान खड्काले ४ हजार ८ सय ५१ मत ल्याएका छन् । उपाध्यक्षका प्रतिस्पर्धी नेपाली काँग्रेसकी उम्मेदवार शान्ता मोक्तानले ४ हजार ८ सात ५१ मत ल्याएकी छन् ।

प्रतिकृया

Add