रामेछाप नगरपालिकामा लबश्रीको शानदार जित

 बुधबार, जेष्ठ ४, २०७९ | onlinenews

रामेछाप । रामेछाप नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार लबश्री न्यौपानेको शानदार जित भएको छ ।
नेपाली काँग्रेसकाबाट नगरप्रमुखका उम्मेदवार न्यौपाने ६ हजार ६ सय ३९ मत सहित निकटतम प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार रोशन पाख्रिनलाई ६५३ मतको फराकिलो मतान्तरले पछि पार्दै नगरप्रमुखमा निर्वाचित भएका हुन् । त्यसैगरी उपप्रमुखमा नेपाली काँग्रेसकै बालाकुमारी कार्की ६ हजार ६ सय ४० मत ल्याएर निर्वाचित भएकी छन् ।
नगरप्रमुखका प्रतिस्पर्धी नेकपा एमालेको उम्मेदवार रोशन पाख्रिनले ५ हजार ९ सय ८६ मत ल्याएका छन् । उपप्रमुखको प्रतिस्पर्धी नेकपा एमालेको उम्मेदवार सीता केसीले ५ हजार ३ सात ४७ मत ल्याएकी छन् ।
त्यसैगरी नेकपा माओवादी केन्द्रका नगरप्रमुखका उम्मेदवार नरेशबाबु श्रेष्ठले २ हजार ५ सय मत ल्याएका छन् भने उप्रप्रमुखमा एकीकृत समाजवादीको उम्मेदवार दलविक्रम बार्कीले २ हजार १ सय १३ मत ल्याएका छन् ।

प्रतिकृया

Add