उमाकुण्डमा एमालेका शेरबहादुर सुनुवार दोहोरिए, उपाध्यक्षमा काँग्रेस

 बुधबार, जेष्ठ ४, २०७९ | onlinenews

रामेछाप । उमाकुण्डमा गाउँपालिकामा नेकपा एमालेको उम्म्मेदवार शेरबहादुर सुनुवार विजयी भएका छन् । शेरबहादुर सुनुवार निवर्तमान गाउँपालिका अध्यक्ष समेत हुन् । सुनुवार ३ हजार ७ सय २७ मत सहित गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् । त्यसैगरी गाउँपालिका उपाध्यक्षमा नेपाली काँग्रेसबाट सावित्री सुनुवार २ हजार ९ सय २२ मत ल्याएर निर्वाचित भएकी छन् ।
गाउँपालिका अध्यक्षका प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार जितबहादुर कटुवालले २ हजार १ सय ७२ मत ल्याएका छन् । उपाध्यक्षका प्रतिस्पर्धी नेकपा एमालेकी उम्मेदवार गंगादेवी कार्कीले २ हजार ८ सात ३४ मत ल्याएकी छन् ।

प्रतिकृया

Add