मन्थली ३ मा पल्टियो पासाः बहुदल आएदेखि काँग्रेस नहारेको ठाउँमा एमालेको क्लिनस्वीप

 बुधबार, जेष्ठ ४, २०७९ | onlinenews

रामेछाप । मन्थली नगरपालिका वडा नं. ३ मा बहुदलीय ब्यवस्था लागू भएयता पहिलो पटक नेपाली काँग्रेस पराजित भएको छ । नेपाली काँग्रेसको पक्कड मानिएको मन्थली नगरपालिका वडा नं. ३ मा यस पटक नेकपा एमालेले क्लिनस्वीप हानेको हो ।
नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवार कृष्णगोपाल थापाले ६५४ मत सहित वडा अध्यक्षमा निर्वाचित भएका छन्् । मन्थली–३ मा नेकपा एमालेको प्यानल नै विजयी भएको हो । वडा अध्यक्षका प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार नारायणबहादुर बोगटीले ५०३ मत ल्याएका छन् भने नेकपा माओवादी केन्द्रका उम्मेदवार झकेन्द्रबहादुर बुढाथोकीले ३४ मत प्राप्त गरेका छन् ।
मन्थली नगरपालिका वडा नं. ३ बाट नेपाली काँग्रेसको नगरप्रमुखका उम्मेदवारले ५६८, उप्रमुखले ४८८ मत ल्याएको छ भने नेकपा एमालेलाई नगरप्रमुखको पदमा ६९२, उपप्रमुखमा ७२९ मत झरेको छ । नेकपा माओवादी केन्द्रलाई नगरप्रमुखमा ३१ र उप्रमुखमा १४ मत झरेको छ ।

प्रतिकृया

Add