लिखु तामाकोसी गाउँपालिका अध्यक्षमा महत र उपाध्यक्षमा पाख्रिन विजयी

 बुधबार, जेष्ठ ४, २०७९ | onlinenews

रामेछाप । लिखु तामाकोसी गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार केशव महत र उपाध्यक्षमा एमालेको उम्म्मेदवार दीपा पाख्रिन विजयी भएका छन् ।
५ हजार १ सय १२ मत सहित नेपाली काँग्रेसका उम्मेदवार केशव महत गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् । त्यसैगरी गाउँपालिका उपाध्यक्षमा नेकपा एमालेकी उम्मेदवार दीपा पाख्रिन ४ हजार १ सय २६ मत ल्याएर निर्वाचित भएकी छन् । पाख्रिन जिल्ला समन्वय समिति रामेछापको निवर्तमान उपप्रमुख समेत हुन् ।
गाउँपालिका अध्यक्षका प्रतिस्पर्धी नेकपा एमालेका कमलप्रसाद कडरियाले ४ हजार ८ मत ल्याएका छन् । उपाध्यक्षका प्रतिस्पर्धी नेपाली काँग्रेसबाट उम्मेदवार बनेकी सरस्वती गुरुङ्ग खड्काले ३ हजार ९ सात ३३ मत ल्याएकी छन् ।

प्रतिकृया

Add