काँग्रेसका पुराना नेता प्रसाईले वडा अध्यक्ष जितेपछि विपीको शालिक साक्षी राखेर भने विपीको सपना पूरा गर्छु

 बुधबार, जेष्ठ ४, २०७९ | onlinenews

रामेछाप । नेपाली काँग्रेस रामेछापका पुराना नेता भुवनहरी प्रसाई मन्थली नगरपालिका वडा नं. ७ को अध्यक्षमा निर्वाचित भएपछि जननेता विशेश्वर प्रसाद कोइरालाले देखेको सपना पूरा गर्ने अठोट गरेका छन् ।
वडा अध्यक्षमा निर्वाचित हुँन साथ मन्थलीमा रहेको विपीको शालिकमा माल्र्यापण गर्न पुगेको प्रसाईले विपीको शालिकलाई साक्षी राखेर विपीको सपना पुरा गर्ने प्रतिवद्धता जनाएका हुन् ।
नेपाली काग्रेसबाट वडा अध्यक्षका उम्मेदवार बनेका घिमिरे ७६६ मत सहित वडा अध्यक्षमा निर्वाचित भएका छन्् । मन्थली वडा नं. ७ मा नेपाली काँग्रेसको प्यानल नै विजयी भएको हो । वडा अध्यक्षका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका गंगाला गोलेले ६३४ मत ल्याएका छन् भने नेकपा एमालेका उम्मेदवार देवेन्द्र श्रेष्ठले ४९२ मत प्राप्त गरेका छन् ।

प्रतिकृया

Add