मन्थली नगरपालिकामा एमालेका श्रेष्ठ र बस्नेत विजयी

 बिहिबार, जेष्ठ ५, २०७९ | onlinenews

रामेछाप– रामेछापको मन्थली नगरपालिका प्रमुखमा नेकपा एमालेका लब श्रेष्ठ र उपप्रमुखमा एमालेकै इश्वरी बस्नेत विजयी भएका छन् । लब श्रेष्ठले नेपाली कांग्रेसका विनोदकुमार कार्कीलाई पराजित गरी नगरप्रमुखमा निर्वाचित भएका हुन् भने इश्वरी बस्नेत नेपाली काँग्रेसकै यसोदा श्रेष्ठलाई पराजित गर्दै उपप्रमुखमा निर्वाचित भएकी हुन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार श्रेष्ठले ९ हजार ७ सय १८ मत प्राप्त गरी नगरप्रमुख पदमा निर्वाचित हुँदा उनका प्रतिस्पर्धी कांग्रेसका कार्कीले ९ हजार १ सय २२ मत पाएका थिए । कार्की २०७४ को निर्वाचनमा पनि मन्थली नगरपालिकामा एमालेकै उम्मेदवारसँग पराजित भएका थिए ।
इश्वरी बस्नेतले ९ हजार १ सय ६१ मत प्राप्त गरि उपप्रमुखमा निर्वाचित हुँदा उनकी प्रतिस्पर्धी कांग्रेसकी यशोदा श्रेष्ठले ९ हजार ५४ मत प्राप्त प्राप्त गरेकी छन् । बस्नेत शिक्षक पेशाबाट राजनीतिमा आएकी हुन् । मन्थलीमा एमालेले ६ वटा वडा सहित प्रमुख उपप्रमुखमा विजय हासिल गरेको छ । कांग्रेसले ६ वटा वडा, माओवादी केन्द्रले १ र एकीकृत समाजवादीले १ वडामा विजय हासिल गरेका छन् ।

प्रतिकृया

Add