खाँडादेवीमा गठबन्धनलाई हराउँदै एमालेका उम्मेदवार विजयी

 शुक्रबार, जेष्ठ ६, २०७९ | onlinenews

रामेछाप– रामेछापको खाँडादेवी गाउँपालिकामा ७ वटा वडासहित गाउँपालका अध्यक्ष, उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवारहरु विजयी भएका छन् । काँग्रेस–माओवादी गठाबन्धनलाई भारी मतान्तरले पछि पार्दै एमालेको उम्मेदवाहरु विजयी भएका हुन् ।
गाउँपालिका अध्यक्षमा नेकपा एमालेका ज्ञानकुमार श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले ७ हजार ३ सय ५९ मत प्राप्त गरि गाउँपालिका अध्यक्षमा निर्वाचित हुँदा उनका प्रतिस्पर्धी कांग्रेस– माओवादी गठबन्धनका उम्मेदवार नवराज थोकरले ४ हजार ९ सय ९ मत प्राप्त गरेका छन् भने नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का श्यामकृष्ण श्रेष्ठले १ हजार ९३ मत पाएका छन् ।
उपाध्यक्षमा नेकपा एमालेकी रमा घिसिङ ७ हजार ४ सय ५८ मत प्राप्त गरी निर्वाचित हुँदा उनको प्रतिस्पर्धी गठबन्धनबाट उम्मेदवार मानबहादुर लामाले ४ हजार १ सय ११ मत प्राप्त गरेका छन् । खाँडादेवि गाउँपालिकामा एमालेबाट वडा नम्बर २ मा केशवकुमार प्रधान, ३ मा पुष्करकुमार कार्की, ४ मा कृष्णप्रसाद पौडेल, ५ मा मनोज पौडेल, ७ मा सिरे तामाङ, ८ मा जङ्गलाल तमाङ र वडा नंं ९ मा अकलबहादुर भण्डारी विजयी भएका छन् । वडा नं. १ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार रामकुमार श्रेष्ठ र वडा नं ६ मा नेपाली कांग्रेसका नारायण कार्की विजयी भएका छन् ।

प्रतिकृया

Add