खाँडादेवी गाउँपालिकामा काँग्रेसको साख जोगाए कार्कीले

 शनिबार, जेष्ठ ७, २०७९ | onlinenews

रामेछाप– रामेछापको खाँडादेवी गाउँपालिका वडा नं ६ को अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार नारायण कार्की निर्वाचित भएका छन् । कार्कीले ७ सय ४ मत ल्याएर उनका निकटतम प्रतिद्वन्दी एमालेका गोपाल कार्कीलाई १ सय २७ को मतान्तरले पराजित गरेका हुन् । एमालेका उम्मेदवार कार्कीले ५ सय ७७ मत पाएका छन् ।
खाँडादेवी गाउँपालिका नेपाली काँग्रेस रामेछापका नेता उत्पादन गर्ने स्थलको रुपमा चिनिन्छ । तर त्यो पालिकामा २०७४ सालको स्थानीय निर्वाचनमा पनि काँग्रेसले एउटामात्र वडा जितेको थियो भने अहिलेको स्थानीय निर्वाचनमा पनि एउटा वडा जितेर आफ्नो शाख बजाउन सफल भएको छ । ७४ सालमा वडा नं २ जितेको थियो भने अहिले वडा नं ६ मा विजय प्राप्त गरेको छ । खाँडाडेवी गाउँपालिकामा नेपाली काँग्रेसका केन्द्रिय महाधिवेशन प्रतिनिधि र जिल्ला स्तरका गरि एक दर्जन भन्दा बढी नेता रहेका छन् तर स्थानीय निर्वाचन भने आजसम्म जित्न सकेका छैनन् । नेतृत्वमा देखिएको चरम गुटगत स्वार्थ र एक अर्काको अस्तित्व स्वीकार गर्न नसक्दा नेपाली काँग्रेसले खाँडादेवी गाउँपालिकामा निरन्तर हाल ब्यहोर्दै आएको छ ।
पालिकामा काँग्रेसको बिरासत जोगाउने एक व्यक्ति नारायण कार्की होटल मजदुर, सवारी चालकदेखि वैदेशिक रोजगारमा समेत गएर आएका व्यक्ति हुन् । संकटमा सहयोग बोकेर गाउँ–गाउँमा पुग्ने कार्की सामाजिक रुपमा सधैं अग्रसर हुने ब्यक्ति हुन् । संघर्षले जन्माएको समाजसेवी हुन कार्की । आफ्नो कमाइको नाफा सधैं समाजसेवामा खर्च गर्ने कार्कीको वडाबासीमा राम्रै प्रभाव रहेको देखिन्छ । निर्वाचित कार्की भन्छन् वडाबासीको सेवामा सदा सर्वदा उपस्थित हुने छु । भ्रष्टाचार गर्दिन, भ्रष्टाचार हुन दिन्न र शिक्षा प्रणाली सुधार गरेर वडा आधुनिक शिक्षा विकासको थालनी गर्ने कार्कीको भनाई छ । आफ्नो घोषणा पत्र अनुसार काम गरेर ५ वर्षमा नमूना वडा बनाउने समेत कार्कीले प्रतिवद्धता जनाएका छन् ।

प्रतिकृया

Add