चुनावको नतिजाप्रति आत्मासन्तुष्ट छैनः सभापति तामाङ

 सोमवार, जेष्ठ ९, २०७९ | onlinenews

नवराज विश्वकर्मा


रामेछाप– नेपाली काँग्रेस रामेछापका सभापति पूर्णबहादुर तामाङ (कान्छाराम)ले हालै सम्पन्न स्थानीय तह निर्वाचनबाट प्राप्त नतिजाप्रति आफू सन्तुष्ट नरहेको बताए । स्थानीय तहको निर्वाचन २०७९ को चुनामा नेपाली काँग्रेसले प्राप्त गरेको नतिजको बारेमा जानकारी दिने उद्देश्यले मन्थलीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै काँग्रेस सभापति तामाङले यस्तो बताएका हुन् ।
दुई नगरपालिका र ६ गाउँपालिका अन्तर्गतका ६४ वटा वडामध्ये ३५ वटा वडा अध्यक्ष र ६ वटा पालिकाको प्रमुख तथा अध्यक्ष जित्ने लक्ष्य लिएको बताउँदै लक्ष्यअनुसारको नतिजा प्राप्त नभएकोले चुनावी नतिजाप्रति आपूm सन्तुष्ट नरहेको बताएका हुन् ।
आफ्नै कमजोरीको कारण सोचे अनुरुपको चुनावी नतिजा हात पार्न नसकेको तामाङले स्वीकार गरे । यसैबीच, नवनिर्वाचित जनप्रतिनिधिहरुले पार्टीसँग समन्वय नगरी काम गरेको खण्डमा कारबाही गर्ने पनि सभापति तामाङले बताएका छन् ।

काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुलाई पार्टीसँग समन्वय गरेर पार्टीले दिएको सुझावका आधारमा मात्रै काम गर्न समेत उनले आग्रह गरे । पार्टीको सिष्टमविपरित काम गरेको पाइएमा आफूले नछाड्ने तामाङले बताए । स्थानीय तह निर्वाचनमा पार्टीभित्र बसेर अन्तर्घात गर्ने पार्टीको नेता तथा कार्यकर्ताहरुलाई कारबाही गरिने पनि सभापति तामाङले बताएका छन् ।
पालिकामा चुनावमा पार्टीका नेता कार्यकर्ताले गरेका योगदान र अन्तर्घातको सम्बन्धमा प्रतिवेदन पठाउनु भनेर आठ वटै स्थानीय तहमा पत्र पठाइसकिएको सभापति तामाङले जानकारी दिए । यदि कसैले पार्टीभित्र बसेर आफ्नै पार्टीको उम्मेदवारलाई अन्तर्घात गरेको पाइएमा छानबीन गरी पार्टीको विधान र नियमानुसार कारबाही गरिने बताए ।
कार्यपालिका सदस्य चयनको सवालमा माओवादीसँग गठबन्धन गरेर अघि बढ्ने बताए । माओवादीसँग गठबन्धन गर्दा काँग्रेसलाई फाइदा हुन नसक्ने देखिएमा एमालेसँग तालमेल गरेर अघि बढ्ने समेत बताए ।

प्रतिकृया

Add