कृषकको घरघरमा प्राविधिक विद्यार्थी पुग्ने

 सोमवार, जेष्ठ ९, २०७९ | onlinenews

नवराज श्रेष्ठ


रामेछाप– रामेछापको सदरमुकाम मन्थलीमा रहेको रामेछाप बहुप्राविधिक शिक्षालयले अबदेखि कृषकको घरघरमा प्राविधिक विद्यार्थी पठाउने भएको छ । विशेषगरी कृषि र पशु विज्ञान अध्ययन गर्दै गरेका विद्यार्थीहरुलाई स्वयमसेवकको रुपमा परिचाल गर्न लागिएको हो । उनीहरुले कृषकको घरघरमा गएर तरकारी खेती, पशु पालनका विषयमा आधुनिक प्रविधि र ज्ञान सिकाउने छन् । साथै कृषकहरुका अनुभव समेत लिनेछन् । त्यसका लागि राष्ट्रिय युवा परिषदले आर्थिक सहयोग प्रदान गरेको छ । यस कार्यक्रमको शुभारम्भ गर्दै मन्थली नगरपालिकाको नवनिर्वाचित नगर प्रमुख लव श्रेष्ठले स्वयंसेवक परिचालनले नगरको कृषि र पशुपालनको क्षेत्रमा उन्नती हुने बताए ।

प्रतिकृया

Add