हेल्थ डेक्स स्थापना गर्न १५ विद्यालयमा परियोजना सहयोग

 बुधबार, जेष्ठ २५, २०७९ | onlinenews

रामेछाप– सुनापति गाउँपालिकाका १५ वटा विद्यालयमा हेल्थ डेक्स स्थापनाका लागि महिला तथा बाल सशक्तिकरणः स्वास्थ्य तथा सरसफाई परियोजनाले सहयोग गरेको छ । परियोजनाले फर्निचर, औषधी तथा स्वास्थ्य उपकरण सहयोग गरेको हो ।
पिएसएफ लक्जेम्वर्गको आर्थिक सहयोग तथा टिडिएच जर्मनीमार्फत सामुदायिक विकास समाजद्वारा संचालित महिला तथा बाल सशक्तिकरणः स्वास्थ्य तथा सरसफाई परियोजनाले माध्यमिक तथा आधारभूत (१ देखि ८) सम्म पढाइ हुने विद्यालयहरुमा ४२ प्रकारका सामग्री वितरण गरिएको परियोजना संयोजक तिलक कार्कीले जानकारी दिए ।


विद्यालयमा बालबालिकालाई तत्काल प्राथमिक उपचारका साथै महिनावारीको समयमा बालिकाहरुले भोग्नु परिरहेको समस्या हटाउन चेन्जिङ रुम सहितको व्यवस्थाका गर्न विद्यालयमा हेल्थ डेक्स व्यवस्थापनका लागि सहयोग गरिएको कार्यकारी निर्देशक मिलनकुमार घिसिङले बताए । साधारण बेड, मेडिसिन दराज, ड्रेसिङ सेट, स्यानीटरी प्याड, विपि सेट, फिल्टर, औषधी, फष्ट एड बक्स सहितका स्वास्थ्य सामग्रीहरु विद्यालयलाई वितरण गरिएको घिसिङले बताए ।
सुनापति गाउँपालिका वडा नं. १ गुन्सीका २, वडा नं. २ दिमीपोखरीका ३, वडा नं. ३ हिलेदेवीका ३, वडा नं. ४ बेथानका ४, वडा नं. ५ का ३ विद्यालयमा स्वास्थ्य उपकरण तथा सामग्री वितरण गरिएको हो ।

प्रतिकृया

Add