महिला र युवालाई नेतृत्व विकास तालिम

 बिहिबार, जेष्ठ २६, २०७९ | onlinenews

शुसिला श्रेष्ठ


रामेछाप– मन्थलीमा महिला र युवालाई तीन दिने नेतृत्व विकास तालिम छुट्टाछुट्टै स्थानमा सुरु भएको छ । सामुदायिक विकास समाज, महिला तथा बाल सशक्तिकरणः स्वास्थ्य तथा सरसफाई परियोजना मन्थली, रामेछापको आयोजनामा तालिम सञ्चालन गरिएको हो । परियोजनाको कार्यक्षेत्रभित्र गठन गरिएका युवा सञ्जालका पदाधिकारीहरुको सशक्तिकरणका लागि युवा नेतृत्व विकास तालिम सञ्चालन गरिएको हो । युवा नेतृत्व विकास तालिम अन्तर्गत परियोजनाको कार्यक्षेत्र रहेको सुनापति गाउँपालिका र खाँडादेवी गाउँपालिका वडा नं. १, २ र ७ का २४ जना युवाहरुको सहभागिता रहेको परियोजना संयोजक तिलक कार्कीले जानकारी दिए । परियोजनाको कार्यक्षेत्रभित्र पर्ने प्रत्येक वडामा युवा सञ्जाल तथा बाल क्लवहरु गठन गरिएको छ ।


त्यसैगरी परियोजनाको कार्यक्षेत्र अन्तर्गत गठन गरिएका महिला सञ्जालमा आवद्ध महिलाहरुको सशक्तिकरणका लागि महिला नेतृत्व विकास तालिम सञ्चालन गरिएको हो । महिला सञ्जालको संस्थागत विकास तथा दिगो विकास र वडाहरुमा महिला सहकारी दर्ता स्थापनाका लागि नेतृत्व विकास तालिम आयोजना गरिएको परियोजना संयोजक कार्कीले बताए । महिला नेतृत्व विकास तालिममा २८ जना महिलाहरुको सहभागिता रहेको छ ।
तालिमको सहजिकरण मोटिभेसनल स्पिकर विकास लामा, सामुदायिक विकास समाज (सिडिएस) का कार्यकारी निर्देशक मिलनकुमार घिसिङ र परियोजना संयोजना तिलक कार्कीले गरिरहेका छन् ।

प्रतिकृया

Add