एमाले नेता महतले दिए बालिकाको उपचारका लागि आर्थिक सहयोग

 बुधबार, असार १, २०७९ | onlinenews

नवराज विश्वकर्मा


रामेछाप– नेकपा एमाले रामेछाप नगरपालिका वडा नं. ३ साँघुटार–काठमाडौँ सम्पर्क मञ्चका अध्यक्ष रविन महतले उपचाररत अवस्थामा रहेकी एक बालिकाको उपचारको लागि आर्थिक सहयोग प्रदान गरेका छन् । रामेछाप नगरपालिका वडा नं. ३ साँघुटारस्थित लक्ष्मीबास बस्ने मान बहादुर विश्वकर्माको १२ वर्षीय छोरीको उपचारको लागि अध्यक्ष महतले आर्थिक सहयोग प्रदान गरेका हुन् । विश्वकर्माको १२ वर्षीय छोरीको अहिले पाटन हस्पिटलमा उपचार भइरहेको छ । आर्थिक अवस्था निकै कमजोर भएका विश्वकर्मालाई छोरीको उपचारको लागि समस्या भएको खबर आफूले थाहा पाएपछि केही आर्थिक सहयोग प्रदान गरेको अध्यक्ष महतले बताए । यस्तै, एमाले रामेछाप नगर कमिटीका सदस्य कुमार खड्काले उपचाररत बालिकाको उपचारका लागि आगामी दिनमा पनि आफूहरुले सकेको आर्थिक सहयोग प्रदान गर्ने बताए । आर्थिक अभावका कारण छोरीको उपचारका लागि खर्च जुटाउन कठिन भएको बेला प्राप्त सहयोगले आफूलाई धेरै राहत मिलेको छ, बिरामी बालिकाको बुबा मानबहादुर विश्वकर्माले भने ।,

प्रतिकृया

Add