रामेछापमा नेपालकै पहिलो डुङ्गा दौड प्रतियोगिता हुँदै

 बिहिबार, असार २, २०७९ | onlinenews

रामेछाप– रामेछाप जिल्लामा नेपालकै पहिलो पटक डुङ्गा दौड प्रतियोगिता हुने भएको छ । माझी समुदायको पहिचान संरक्षण तथा पूराना खेलको जगेर्ना गर्ने उद्देश्यले रामेछापमा प्रथम डुङ्गा खुल्ला पुरुष दौड प्रतियोगिता आयोजना गरिएको रामेछाप जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।
प्रतियोगिता डबल र सिङगल गरि दुई विधामा खेलाइने रामेछाप जिल्ला खेलकुद विकास समितिका प्रमुख केशव कट्टेलले बताए । सिङ्गल तर्फ २ जना र डबलमा ४ जना एक पटकमा सहभागि हुने आयोजक संस्थाले जानकारी दिएको छ । राष्ट्रिय खेलकुद परिषदद्धारा आयोजीत प्रतियोगिता रामेछापको मन्थली नगरपालिका वडा नं. ६ स्थित तामाकोसी र सुनकोशी नदीको संगमस्थल सेलेघाटमा सञ्चालन गरिने छ । प्रतियोगितामा २० जिल्लाबाट प्रतियोगिहरुको सहभागिता रहने आयोजकले जानकारी दिएको छ ।
पानीमा डुङ्गा दौडाउने प्रतियोगिता भएकाले सम्भाविभ दुर्घटनालाई ध्यानमा राखि ¥याफ्टिङ्ग सहितको गोताखोर पनि संगसँगै रहने छ । साथै प्रतियोगितमा सहभागि खेलाडीहरु दुर्घटना भएमा प्रतिब्यक्ति २ लाख रुपैयाँ विमाको समेत ब्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ । यही असार ४ गते सञ्चालन हुने प्रतियोगितामा देशभरीबाट १ हजार प्रतियोगिहरुको सहभागिता रहने आयोजकले जनाएको छ ।
प्रतियोगिताको सिङ्गत विधातर्फ प्रथम पुरस्कार नगद २० हजार रुपैयाँ, मेडल र प्रमाण–पत्र रहेको छ । द्धितीय पुरस्कार १५ हजार नगद, मेडल र प्रमाण–पत्र रहेको छ भने तृतीय पुरस्कारमा १० हजार नगद, मेडल र प्रमाण–पत्र रहेको छ । त्यसैगरी डबल विधातर्फ प्रथम पुरस्कार नगद ३० हजार रुपैयाँ मेडल र प्रमाण–पत्र रहेको छ । द्धितीय पुरस्कार नगद २० हजार, मेडल र प्रमाण–पत्र रहेको छ भने तृतीय पुरस्कार १० हजार नगद, मेडल र प्रमाण–पत्र रहेको छ ।

प्रतिकृया

Add