शिक्षक र विद्यार्थीलाई मेडिकल डेस्क तालिम

 बिहिबार, असार ९, २०७९ | onlinenews

रामेछाप– सुनापति गाउँपालिका अन्तर्गतका १५ विद्यालयका शिक्षक र बाल क्लवका अध्यक्षहरुका लागि प्राथमिक उपचार तथा मेडिकल डेस्क ब्यवस्थापन तालिम सञ्चालन गरिएको छ । सामुदायिक विकास समाज, महिला तथा बाल सशक्तिकरणः स्वास्थ्य तथा सरसफाई परियोजनाको आयोजना, पिएसएफ लक्जेम्वर्ग र टिडिएच जर्मनीको सहयोगमा तथा नेपाल रेडक्रस सोसाइटी रामेछापको समन्वयमा शिक्षक र बाल क्लबका अध्यक्षहरुको लागि तालिम सञ्चालन गरिएको हो ।

विद्यार्थी सामान्य विरामी पर्दा विद्यालयमै प्राथमिक उपचार गर्न सकियोस् भन्ने उद्देश्यले सुनापति गाउँपालिका अन्तर्गत कक्षा १ देखि ८ र कक्षा १ देखि १२ सम्म पढाई हुने विद्यालयका शिक्षक प्रतिनिधि र बाल क्लवका अध्यक्षहरुलाई तालिममा सहभागि गराइएको परियोजना संयोजक तिलक कार्कीले जानकारी दिए । बुधबारबाट मन्थलीमा सुरु भएको तालिममा २९ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ । ४ दिनसम्म सञ्चालन हुने तालिमको सहजीकरण हरिकुमार कार्की, शम्भुकुमार बुढाथोकी, उद्धवकुमार कार्की र थमराज लिम्बुले गरिरहेका छन् ।

प्रतिकृया

Add