रामेछाप नगरका ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य परीक्षण सेवा

 बिहिबार, असार ९, २०७९ | onlinenews

सन्तोष ढुङ्गेल


रामेछाप– रामेछाप नगरपालिकाले आफ्नो ११ औँ नगर सभाद्वारा ६८ बर्ष माथिका ज्येष्ठ नागरिकलाई घरघरमै स्वास्थ्य परीक्षण तथा आवश्यक परामर्श गर्ने नीति बनाएको छ । “ज्येष्ठ नागरिक समाजको आधार घरघरमै स्वास्थ्य परीक्षण र उपचार“ भन्ने नाराका साथ ज्येष्ठ नागरिकसँग मेयर कार्यक्रम संचालन गर्ने भएको छ । समुन्नत र समृद्ध रामेछ नगर, सिंचाई सुविधा गरा, रामेछाप नगर हराभरा, सोच्छ र स्वस्थ श्वास शान्त र सितल आवास भन्ने नाराका साथ आयोजित ११ औं नगर सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उप–प्रमुख बालकुमारी कार्कीले पालिकाको २६ बुँदे नीति प्रस्तुत गरेकी हुन् । कार्कीद्वारा प्रस्तुत नीतिहरूमा महिला उद्यमशीलता, युवा लक्षित कार्यक्रम संचालन गर्ने उल्लेख गरिएको छ । रामेछाप नगरलाई पर्यटन प्रवद्र्धन गर्न ‘पर्यटकहरूको रहर फूलैफूलको शहर’ निर्माण गर्दै रामेछाप नगरपालिकालाई ऐतिहासिक शहर बनाउने उल्लेख छ । एक घर एक धारा कार्यक्रम संचालन गर्ने, सिंचाई सुविधा पु¥याउने र जमिन बाँझो रहने अवस्थाको अन्त्य गर्ने नीति नगरपालिकाले लिएको छ ।
जातीय पहिचान र संरक्षण गर्दै लोपोन्मुख हायु जातिको संस्कृति र परम्पराको संरक्षण गर्ने भएको छ । गुणस्तरीय र निःशुल्क शिक्षालाई प्राथमिकतामा राख्दै आधुनिक र ब्यावसायिक शिक्षाको प्रारम्भ गर्ने उप–प्रमुख कार्कीद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा उल्लेख छ । सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना कार्यक्रमलाई प्रोत्साहन गर्ने उद्देश्यले “महंगो शुल्क तिर्ने क्षमता छैन हाम्रो, निजी भन्दा सामुदायिक विद्यालय राम्रो भन्ने कार्यक्रम संचालन गर्ने कार्यक्रम ल्याएको छ ।
नगरपालिकाले वैदेशिक रोजगारबाट फर्केका नगरमै बसेर ब्यवसाय गर्न चाहने युवालाई प्रोत्साहन स्वरुप अनुदान दिने साथै कृषिमा आधुनिकीकरण र व्यवसायिकरण गर्ने कार्यक्रम ल्याएको छ । भौतिक पूर्वाधारको विकासलाई प्राथमिकता दिँदै नगर गौरवका आयोजनालाई निरन्तरता दिने नीति तथा कार्यक्रममा उल्लेख छ । नगरपालिका भित्र निर्माण हुने भौतिक संरचना अपाङ्गता र बालमैत्री बनाउने साथै बालमैत्री स्थानीय शासनको अवलम्बन गरि बालबालिकाको सर्वपक्षीय विकासका कार्यक्रम संचालन गर्ने भएको छ ।

प्रतिकृया

Add