आर्थिक पारदर्शीता र नगरिकलाई केन्द्रमा राखेर काम गर्छुः अध्यक्ष श्रेष्ठ

 शुक्रबार, असार १७, २०७९ | onlinenews

सन्तोष ढुङ्गेल


रामेछाप– खाँडादेवी गाउँपलिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले आर्थिक पारदर्शीता र नागरिकको भावनालाई केन्द्रमा राखेर काम गर्ने बताएका छन् । नागरिक सर्वोच्च भएकाले उहाँहरूको भावना र आपूm प्रतिको विश्वासलाई जिवनभर कुठाराघात नगर्ने बताए ।
पालिकाको आर्थिक समृद्धि र नागरिकहरूको जीवनस्तर कसरी उकास्न सकिन्छ भन्नेमा आफू सधैं प्रयत्नशील रहेको श्रेष्ठले हाम्रो अनलाइन न्यूज डटकमलाई बताए । आफू कुनै प्रकारको आर्थिक अनियमितता नगर्ने र कसैले गरेमा कारबाहीको दायरामा ल्याउने पनि श्रेष्ठले बताए ।
अध्यक्ष निर्वाचित भएपछि अब पालिकाको गतिविधि कसरी अगाडि बढाउनु हुन्छ भन्ने सवालमा श्रेष्ठले भने (सबैलाई संमान हुने र सबैको हित हुने गरि कार्य सम्पादन गर्ने छु । शासक नभई जनताको सेवक भएर काम गर्ने श्रेष्ठको भनाई छ । आवश्यकता र महत्वको आधारमा बजेट विनियोजन गर्ने र त्यसलाई कार्यान्वयनमा लैजाने पनि अध्यक्ष श्रेष्ठले बताए । धार्मिक पर्यटनका लागि पूर्वाधार निर्माण र सिंचाइको लागि भटौली खोलामा ड्याम निर्माणलाई महत्वका साथ लिएको र त्यसका लागि संघ र प्रदेश सरकारसँग बजेटको प्रस्ताव गरिने पनि श्रेष्ठले जानकारी दिए ।
तीन खम्बे अर्थ नीतिको कुरा गरेर काम जति सहकारी र निजी क्षेत्रले गरिदेओस्, राज्य सत्ता डण्डा मात्रै चलाएर बस्न पाओस् भन्ने सोचबाट सत्ता सञ्चालकहरू माथि उठ्नु पर्ने उनले बताए । भौगोलिक विकटता लगायतका समस्या भएको गाउँमा नागरिकका धेरै अपेक्षा भएकाले त्यसलाई सम्बोधन गर्ने गरी काम गर्ने आफूहरूकोे प्रतिबद्धता रहेको उनले बताए ।
स्थानीय सरकार संचालन ऐन तथा कार्यविधि भित्र रहेर पालिकाको गतिविधि अघि बढाउने र आवश्यक ऐन तथा कार्यविधि बनाउने श्रेष्ठले बताए । असर २५ गते प्रस्तुत गरिने बजेटमा सबैको सर्वमान्य हुने र आवश्यकताको आधारमा योजना थप्न सकिने पनि श्रेष्ठको भनाई छ ।

प्रतिकृया

Add