रामेछापको उमाकुण्ड र गोकुलगंगा गाउँपालिकाद्वारा इएफटी सेवा सञ्चालन

 शनिबार, असार १८, २०७९ | onlinenews

सन्तोष ढुङ्गेल


रामेछाप– उमाकुण्ड र गोकुलगंगा गाउँपालिकाद्वारा आर्थिक कारोबारलाई सरल र सहज बनाउने उद्देश्यले इलेक्ट्रोनिक फण्ड ट्रान्सफर (इएफटी) सेवा सञ्चालनमा ल्याएको छ । उपभोक्ता र आर्थिक कारोबारसँग सम्बन्धित नागरिकलाई कारोबारमा बिना झन्झट सरल सेवा प्रबाह गर्ने उद्देश्यले सेवा संचालनमा ल्याइएको लेखा अधिकृत राजन गुरागाईंले जानकारी दिए ।
सेवा संचालनमा आएपछि उपभोक्तालाई बैंकको चेक लिन र बैंकमा लाइन बसेर चेक साट्नु पर्ने बाध्यताको अन्त्य हुने गुरागाईंले बताए । सेवा सञ्चालनमा अएपछि सेवाग्रहीले सहजै सेवा पाउनुका साथै बील बुझाएपछि चेक लिन पालिकामा जान नपर्ने भएकाले सेवाग्रहीको पालिका आउने जाने खर्च समेत बच्ने गुरागाईँको भनाई छ ।
इएफटी सेवामा अतिरिक्त कुनै शुल्क नलाग्ने र सिधै बैंक खातामा रकम जम्मा हुने लेखा अधिकृत गुरागाईंले बताए ।
जिल्ला सदरमुकामदेखि उमाकुण्ड गाउँपालिका ५५ किलोमिटर र गोकुलगंगा गाउँपालिका ४० किलोमिटरको दुरीमा रहेको छ । उमाकुण्ड गाउँपालिका रामेछाप जिल्लाकै दुर्गम पालिकामा पर्दछ । यो सेवा संचालनबाट सेवाग्राहीको समयको बचत हुनुका साथै भुक्तानीको लागि सहज हुने छ ।

प्रतिकृया

Add