गिरीजाप्रसादको जन्मोत्सवमा दीप प्रज्वलन

 शनिबार, असार १८, २०७९ | onlinenews

रामेछाप– नेपाली काँग्रेसको तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको जन्मोत्सव दीप प्रज्वलन गरेर मानाइएको छ । गिरिजाप्रसाद कोइरालामा फाउण्डेश रामेछापले मन्थलीस्थित विपीचोकमा दीप प्रज्वलन गरि गिरिजाप्रसाद कोइरालाको जन्मोत्सव मनाएको हो । दीप प्रज्वलन कार्यक्रममा नेपाली काँग्रेस रामेछापका नेता ध्रेवहरी ढुङ्गेल, लिखु तामाकोसी गाउँपालिका अध्यक्ष तथा काँग्रेस नेता केशव महत, जिपी फाउण्डेशनका अध्यक्ष दिपक खड्का लगायका नेपाली काँग्रेसका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो । नेपाली कांग्रेसका तात्कालिन सभापति गिरिजाप्रसाद कोइरालाको जन्म १९८१ साल असार १८ गते भारतको विहारमा भएको थियो । कृष्णप्रसाद कोइरालाका कान्छा छोराका रुपमा जन्मिका कोइरालाको निधन २०६६ साल चैत्र ७ गते मध्यान्ह १२ बजेर १० मिनेटजाँदा भएको थियो । कोइराला चारपटक प्रधानमन्त्री भएका थिए । उनि सन १९९१ देखि १९९४, १९९८ देखि १९९९, २००० देखि २००१, र २००६ देखि २००८ सम्म प्रधानमन्त्री भएका थिए । कोइरालका दुई दाजुहरु वि.पी. कोइराला र मातृकाप्रसाद कोइराला नेपालका प्रधानमन्त्री भएका थिए । राजनीतिक यात्रा २००४ सालमा कोइरालाले नेपाल मजदुर कांग्रेसको स्थापना गरे, जुन पछि नेपाल ट्रेड यूनियन कांग्रेसमा परिणत भयो । २००८ सालमा गिरिजाप्रसाद कोइराला नेपाली काँग्रेस मोरङ जिल्लाको सभापति बने र २०१७ सालमा राजा महेन्द्रले सत्ता कब्जा गरी पञ्चायती शासन लगाई उनलाई गिरफ्तार गरी कैद नगरुन्जेलसम्म सो कार्यभार सम्हालिरहे । १९६७ मा उनको रिहाइपछि उनी भारत निर्वासित भए र २०३५ सालमा नेपाल फर्किए । गिरिजाप्रसाद कोइराला २०३१ सालदेखि २०४७ सालसम्म नेपाली काँग्रेसको महासचिव भए । २०४६ सालको जनआन्दोलन पश्चात नेपालको पहिलो बहुदलीय लोकतान्त्रिक निर्वाचनमा उनी मोरङ क्षेत्र नं. १ र सुनसरी क्षेत्र नं. ५ बाट प्रतिनिधि सभाको सदस्य निर्वाचित भए । २०६३ बैशाख ११ को लोकतान्त्रिक आन्दोलनपछि प्रतिनिधि सभाको पुनर्बहालीसँगै सात दलका नेताहरूको समर्थनमा कोइराला पुनः प्रधानमन्त्री भए । गिरिजाप्रसाद कोइरालाको निधन २०६६ चैत्र ७ गते शनिबार ८५ वर्षको उमेरमा छोरी सुजाता कोइरालाको घरमा भएको थियो ।

प्रतिकृया

Add