रामेछाप अपडेटः बस दुर्घटनामा ९ को मृत्यु २४ जना घाइते

 मङ्लबार, असार २१, २०७९ | onlinenews

रामेछाप– खाँडादेवी गाउँपालका वडा नं. १ लुभुघाटमा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जनाको घटना स्थलमै मृत्यु भएको छ भने २४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । दुर्घटनामा ४ जना महिला र ५ जना पुरुषको ज्यान भएको प्रहरीले जनाकारी दिएको छ ।
सुनापति गाउँपालिका–३ हिलेदेविबाट काठमाडौं जाँदै गरेको अरनिको यातायातको बा ३ ख ८३९६ नम्बरको बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक राजकुमार थिङले जानकारी दिए । घाइतेहरुको उद्दार गरि उपचारको लागि धुलीखेल अस्पताल काभ्रे पठाइएको प्रहरीले जनाएको छ ।
दुर्घटनाको जानकारी पाएलगत्तै सदरमुकाम मन्थलीबाट प्रमुख जिल्ला अधिकारी दिपककुमार पहाडी, प्रहरी नायव उपरीक्षक राजकुमार थिङ, शसस्त्र प्रहरी नायव उपरीक्षक केशवराज प्याकुरेल सहितको टोली घटनास्थ पुगेको थियो । बस सडकबाट करिब १ सय मिटर तल भिरमा खसेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक राजकुमार थिङले जानकारी दिए ।

प्रतिकृया

Add