स्वर्गीय संविधानसभा सदस्य सुवेदीको शालिक अनावरण

 शुक्रबार, असार २४, २०७९ | onlinenews

सुुशिला श्रेष्ठ


रामेछाप– स्वर्गीय संविधानसभा सदस्य कमलाकुमारी घिमिरे (सुवेदी) को शालिक अनावरण गरिएको छ । मन्थली नगरपालिका–१ मच्छेडाँडीको घुम्तीमा निर्माण गरिएको स्वर्गीय सुवेदीको अर्धकदको शालिक मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठद्धारा अनावरण गरिएको हो । दोश्रो संविधानसभा निर्वाचनबाट समानुपातिक तर्फबाट सभासद बनेकी सुवेदीको ब्रेन ट्युमरबाट २०७६ साल कार्तिकमा ५० वर्षको उमेरमा निधन भएको थियो । नेकपा एमालेबाट सभासद बनेकी सुवेदी तत्कालीन नेकपा एमालेको केन्द्रीय सदस्य समेत रहेकी थिइन ।


स्वर्गी सुवेदीको २०७६ सला कार्तिक ९ गते पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको थियो । सुवेदीको पार्थिव शरीरमा नेकपाका नेता माधवकुमार नेपालले पार्टीको झण्डा ओढाएका थिए । सुवेदीप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गर्न महासचिव विष्णु पौडेल, अष्टलक्ष्मी शाक्य, अमृत बोहरालगायतका नेता कार्यकर्ताहरु पशुपति आर्यघाट पुगेका थिए । रामेछाप जिल्लामा राजनीतिक पार्टीहरुमा महिला नेतृत्वको अभाव भइरहेको बेला संविधानसभा सदस्य समेत बनेकी सुवेदीले रामेछापको राजनीतिक साथै विकास निर्माणमने क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएकाले उनको सम्झना स्वरु शालिक निर्माण गरिएको नेकपा एमाले रामेछापले जनाएको छ । रामेछापको बाबियाखर्क माइती र मन्थली नगरपालिका वडा नम्बर १ घर भएकी सुवेदी पार्टीको रामेछाप–काठमाडौं सम्पर्क समितिको संयोजक समेत बनेकी थिइन् ।

प्रतिकृया

Add