स्वास्थ्य सेवा सुधार गर्न सरोकावालाको प्रतिवद्धता

 आइतवार, साउन १५, २०७९ | onlinenews

रामेछाप– सुनापति गाउँपालिकाका ५ वटै वडाहरुका विकेन्द्रीकरण र स्वास्थ्य सेवा सुधारका गर्ने उद्देश्यले अन्तत्र्रिmया गरिएको छ । सामुदायिक विकास समाज, महिला तथा बाल सशक्तिकरणः स्वास्थ्य तथा सरसफाइ परियोजनाको सहयोग, वडा कार्यालयहरु र स्वास्थ्य संस्थाहरुको समन्वय र वडा स्तरीय युवा संजालहरुको आयोजनामा अन्तरक्रिया आयोजना गरिएको हो ।
पालिकाभित्र सञ्चालित स्वास्थ्य सेवासँग सम्बन्धित कार्यक्रमको उपलब्ध सेवा र सुविधा सार्वजनिक गर्ने साथै सेवा प्रभावकारीताको विषयमा सेवाग्राहीको प्रश्नमा स्पष्टता ल्याउने अन्तक्र्रिया कार्यक्रमको उद्देश्य रहेको थियो । त्यसैगरी नागरिकको समस्या, गुनासा तथा सुझाव लिन र जिम्मेवार निकायलाई जवाफदेखि बनाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको महिला तथा बाल सशक्तिकारणः स्वास्थ्य तथा सरसफाई परियोजना संयोजक तिलक कार्कीले जानकारी दिए । अन्तरक्रियामा हालसम्म भएको प्रगतिका समीक्षा गर्दै सुधारात्मक पक्षका बारेमा समेत छलफल गरिएको थियो ।


यसअघि गरिएका प्रतिवद्धताहरुको कार्यान्वयन समीक्षा साथै सेवा प्रवाहको प्रकृया, भइरहेको अभ्यास तथा प्रगति बारे छलफल गर्नु पनि अन्तरक्रियाको उद्देश्य रहेको थियो । त्यसैगरी सेवा प्रवाहको क्रममा आएका समस्या, भोगाइकोे बारेमा छलफल गरि सेवा प्रदायक निकायलाई सेवाग्राहीप्रति जवाफदेही र सेवाग्राहीप्रति सेवाप्रदायकलाई जवाफदेही बनाई सेवाग्राहीको गुनासो र जिज्ञासाहरुको बारेमा प्रश्नोत्तर गराउदै व्यवस्थापकीय सुधार, सेवा विस्तार तथा सेवाग्राहीमैत्री स्वास्थ्य संस्थाका लागि आवश्यक खुल्ला छलफल गरिएको संयोजक कार्कीले बताए ।

५ वटा स्वास्थ्य संस्थाका थप विकास, गुणस्तरीय तथा विकेन्द्रीत सेवा प्रवाहका लागि अन्तरक्रिया कार्यक्रम पश्चात प्रतिवद्धता गरिएको छ । प्रतिवद्धताहरु यसप्रकार रहेका छन् ।

सुनापति गाउँपालिका–१ गुन्सीमा स्वास्थ्य संस्थाका कर्मचारीहरुले कार्यालय समयको पूर्णपालना गर्ने, स्वास्थ्यकर्मीमाथि भएको हातपातको घटनाको भत्र्सना गर्दै स्वास्थ्य संस्था तथा स्वास्थ्य कार्यालय सुरक्षा कार्यविधि २०७८ बमोजिम समिति आगामी १५ दिन भित्र गठन गरी कार्य गर्ने ।
स्वास्थ्य संस्थामा किशोरी सेवाग्राहीका गोपनियताका लागि छुट्टै कार्यकक्षको व्यवस्थापन गर्ने, वडामा रहेको एम्वुलेन्सको मर्मत सुधार गरी सेवा सुचारु गर्ने, महिलाको स्वास्थ्य समस्यामा केन्द्रीत रही यस वर्ष पाठेघरको परीक्षण, उपचार गर्ने, कोभिडको समयमा प्राप्त औषधी, उपकरणको सूची तयार गरी अद्यावधिक गर्ने र सार्वजनिकीकरण गर्ने, वडा कार्यालयको नेतृत्वमा कार्ययोजना तय गरी सरोकारवालाको स्वास्थ्यसँग सम्वन्धित (स्वास्थ्य चौकी, गाउँघर क्लिनिक, सामुदायिक स्वास्थ्य इकाई र विद्यालयहरु) मा अनुगमन गर्ने ।
वडा नं. २ दिमीपोखरीमा हाल संचालनमा रहेको स्वास्थ्य चौकी भवनलाई व्यवस्थित गरी भाद्र महिना भरमा भाडामा लिएर संचालन गर्ने, भाद्र महिनाबाट चाँपश्वरा गाउँघर क्लिनिकलाई दैनिक रुपमा संचालन गर्ने, दिमीपोखरी स्वास्थ्य चौकी भवन निर्माण कार्य प्रकृया भाद्र महिनाबाट सुरु गर्ने, स्वास्थ्य संस्थाबाट सेवाग्राही बाहेक अन्यलाई औषधी वितरण नगर्ने, स्वास्थ्य संस्था परिषर हप्तामा १ पटक अनिवार्य सरसफाई गर्ने र स्वास्थ्य बिमा तथा स्वास्थ्य सेवाका बारेमा आमा समूह, बाल क्लब, युवा संजाल, महिला सहकारी, टोल सुधार समितिमा त्रैमासिक रुपमा संचालन गर्ने ।
वडा नं. ३ हिलेदेवीको अन्तरक्रियामा सामुदायिक मानसिक स्वास्थ्य कार्यक्रम संचालन गर्न सरोकारवालासँग समन्वय गर्ने र गराउने, महिला स्वास्थ्य स्वयंसेविकाको बैठकमा स्वास्थ्य र सरसफाइ सम्वन्धि छलफल गर्ने, आमा समुह बैठकमा कार्ययोजना बनाइ सामुदायिक र घरायसी सरसफाइका गतिविधिहरु संचालन गर्ने, गराउने, पालिका नजिक भएका कारण स्वास्थ्य चौकीलाई स्तरोन्नती गरी नमूना स्वास्थ्य चौकी बनाई २४ सैं घण्टा सेवा दिन प्रयत्न गर्ने ।
सेवाग्राही बाहेकका अन्यका लागि स्वास्थ्य चौकीबाट औषधी वितरण नगर्ने, वडामा एक विद्यालय एक नर्स कार्यक्रम संचालनका लागि पहल गर्ने ।
वडा नं. ४ बेथानको अन्तरक्रियामा स्वास्थ्य विमा कार्यक्रमलाई थप प्रभावकारी र उपलब्धिमूलक बनाउनका लागि दर्ता सहयोगले सेवा सुविधाका बारेमा विस्तृत जानकारी गराउनुका साथै स्वास्थ्य उपचार र सेवालाई प्रभावकारी र गुनासो रहित बनाउन सरोकारवालासँग सम्पर्क, समन्वय गर्न पहल गर्ने, महिला स्वास्थ्य स्वयंसेविका कार्यक्रमलाई थप प्रभावकारी बनाउन मासिक बैठकमा स्वास्थ्य, सरसफाई र सचेतनामूलक कार्यक्रमका साथ काम, कर्तव्य र भूमिका बारेमा छलफल गर्ने । नागरिक आरोग्य सेवा केन्द्रलाई थप प्रभावकारी बनाउन आयुर्वेद शिविर, विद्यालय योग कार्यक्रम, प्रचार प्रसार कार्यक्रम गर्ने ।

वडा नं. ५ खनियापानीमा भएको अन्तरक्रियामा ८ वुँदे प्रतिवद्धता गरिएका छन् । जसमा निर्माणाधिन स्वास्थ्य चौकी भवनको गुणस्तर कायम गर्नका वडा कार्यालय प्राविधिक, ठेकेदार तथा सरोकारवालाको अनुगमन गरी निर्धारित समयमा सम्पन्न गर्ने, सेवाग्राही बाहेक अन्यलाई औषधी उपलब्ध नगराउने, खनियापानी गाउँघर क्लिनिकलाई थप व्यवस्थित गरी भाद्र महिनाबाट सेवा प्रवाह गर्ने, स्वास्थ्य संस्थामा भएका सामाग्री, औषधी उपकरण अद्यावधिक राखी चाहेको बेलामा उपलब्ध गराउन सक्ने गरी राख्ने रहेका छन् । त्यसै गरी महिला स्वास्थ्य स्वयंसेविकाको मासिक बैठकमा स्वास्थ्य संस्थाबाट प्रवाह हुने सेवा सुविधाको बारेमा विस्तृत छलफल गर्ने, स्वास्थ्य संस्थाहरु कार्यालय समयको पालना गर्ने, जेष्ठ नागरिकका लागि प्रेसर परीक्षणका लागि घुम्ती परिक्षण शिविर राख्ने र स्वास्थ्य व्यवस्थापन समितिको क्यालेण्डर बनाइ नियमित गर्ने रहेका स्वास्थ्य कार्यकर्ता विमला माल्बुकेले बताइन् ।

प्रतिवद्धतामा वडा अध्यक्ष तथा स्वास्थ्य व्यवस्थापन समितिका अध्यक्षहरु, सुनापति गाउँपालिका स्वास्थ्य शाखा संयोजक अर्जुन श्रेष्ठ, स्वास्थ्य संस्थाका प्रमुख प्रतिनिधिहरु रहेका छन् ।

प्रतिकृया

Add