अडानको स्थापना दिवसमा बिरामीलाई फलफूल वितरण

 शुक्रबार, साउन २०, २०७९ | onlinenews

रामेछाप– नेपाल अडिटर्स एशोसियसन (अडान)ले मन्थली अस्पतालमा उपचार गराइरहेका विरमीहरुलाई फलपूmल वितरण गरेको छ । अडानको १७ औँ स्थापना दिवसको अवसरमा जिल्ला शाखा रामेछापले मन्थली अस्पतालमा भर्ना भई उपचार गराइरहेका १६ जना विरामीलाई फलफूल वितरण गरेको हो । पछिल्लो पुस्ता व्यक्तिगत कार्यमा बढी संलग्न भएकाले जुनसुकै पेशा व्यवसाय गरेपनि सामाजिक कार्य गर्नुपर्छ भन्ने सन्देश दिन स्थापना दिवसमा विरामीलाई फलफूल वितरण गरिएको अडान रामेछापका अध्यक्ष तथा लेखा परीक्षक रामप्रसाद देवकोटाले बताए ।


फलफूलको महत्वबारे प्रस्ट्याउँदै अस्पतालका प्रमुख डा. समिर क्षेत्रीले संघसंस्था तथा सरोकारवालाहरुसँगको सहकार्यले स्वास्थ्य क्षेत्रको विकासमा टेवा पुग्ने वताए । फलफूल वितरण कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका उपाध्यक्ष रामबाबु घिमिरे, अस्पताल प्रमुख डा. शमिर क्षेत्री, गैसस महासंघ रामेछापका सचिव गम्भीरराज दंगाल लगायत स्वास्थ्यकर्मीहरुको उपस्थिति थियो । दर्तावाला लेखा परीक्षकहरुको मुख्य कार्य लेखा परीक्षण गर्न भए पनि छाता संस्था अडानले सामाजिक कार्य समेत गर्दै आइरहेको छ ।

प्रतिकृया

Add