मौलिक रत्यौली गीत प्रतियोगिताको उपाधी लाजिम्पाटलाई

 शनिबार, साउन २१, २०७९ | onlinenews

सन्तोष ढुङ्गेल


रामेछापं । राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान नेपाल उपत्यका समन्वय लाजिम्पाटद्वारा आयोजित संस्थागत मौलिक रत्यौली गीत प्रतियोगिताको उपाधी आयोजक लाजिम्पाट समितिले जितेको छ । आयोजक लाजिम्पाट समितिले उपाधी सहित नगद २५ हजार ५ सय २५ सहित प्रमाण–पत्र प्राप्त गरेको छ । द्वितीय पुरस्कर कमलादी समिति र तृतीय सुन्धारा समिति समितिले हात पारेका छन् । द्वितीय र तृतीय हुने समितिले नगद १५ हजार ५ सय १५ र १० हजार ५ सय १० रुपैयाँ सहित प्रमाणपत्र प्राप्त गरेका छन् ।
यस्तै ठमेल समितिका चित्रा पुन उत्कृष्ट घोषित भएको गायिका एवं राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान नेपाल उपत्यका समन्वय लाजिम्पाटकी महिला उपाध्यक्ष डोल्मा लामिछाने मगरले जानकारी दिइन् ।
लोप हुँदै जान लागेको रत्यौली गीतलाई संरक्षण, सम्बद्र्धन र प्रबद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको मगरले बताइन । प्रतियोगिता सभ्य र भब्य रुपमा सम्पन्न भएको र आगामी दिनमा अझ परिष्कृत गर्दै लैजाने पनि मगरले बताइन् । मगर भन्छिन्– “मौलिक रत्यौली प्रतियोगिताले सम्पूर्ण कलाकारहरूमा हौसला थपिएको छ । यसले अझ उचाइ लिनेमा आफू बिश्वस्त रहेको छु ।“
प्रतियोगिता शुक्रवार देखि जमलमा सुरु भएको थियो भने प्रतियोगितामा आयोजक सहित अन्य पाँच समिति सहभागी थिए ।

प्रतिकृया

Add