फोनिज स्थापना दिवसमा दुई पत्रकार सम्मानित

 शुक्रबार, साउन २७, २०७९ | onlinenews

रामेछाप- आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को २३औँ स्थापना दिवसका अवसरमा रामेछापका दुई पत्रकारलाई सम्मानित भएका छन् । उत्कृष्ट आदिवासी जनजाति पत्रकारीता वर्ष पुरस्कार–२०७९ बाट पत्रकार नवराज श्रेष्ठलाई र ’खोज पत्रकारिता वर्ष पुरस्कार–२०७९’ बाट पत्रकार टिकाप्रसाद भट्टलाई सम्मान गरेको फोनिज रामेछापले सम्मान गरेको हो ।

फोनिज रामेछापले विगत ४ वर्षदेखि उत्कृष्ट आदिवासी जनजाति पत्रकारीता वर्ष पुरस्कारबाट एक पत्रकारलाई सम्मानित गर्दै आएकोमा यो वर्ष बाट ’खोज पत्रकारिता वर्ष पुरस्कार समेत प्रदान गरेको छ ।

फोनिज रामेछापले नगद रु. १० हजार, दोसल्ला र प्रमाणपत्र सहित उत्कृष्ट आदिवासी जनजाति पत्रकारीता पुरस्कार–२०७९ बाट श्रेष्ठलाई सम्मान गरेको हो
यसैगरी आदिवासी जनजातिको मुद्दालाई समाचार मार्फत उजागर गरेको भन्दै खोजपत्रकारीता पुरस्कार २०७९ बाट टिका प्रसाद भट्ट सम्मानित भएका छन् । फोनिज रामेछापले नेपाल रामेछाप जिल्लामा रहि पत्रकारिता गर्ने उत्कष्ट खोजपत्रकारलाई दिईने पुरस्कार २०७९ बाट भट्टलाई नगद ५ हजार सहित दोसल्ला र प्रमाणपत्रद्धारा सम्मान गरेको हो ।
फोनिज जिल्ला अध्यक्ष कुमार श्रेष्ठको अध्यक्षतामा शुक्रबार मन्थलीमा भएको पुरस्कार तथा सम्मान कार्यक्रममा फोनिजका बाग्मति प्रदेश अध्यक्ष युवराज श्रेष्ठ, रामेछाप नगरपालिकाकी उप प्रमुख बालकुमारी कार्की थापा र मन्थली नगरपालिकाकी उप प्रमुख ईश्वरी वस्नेतले उनीहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरेका हुन ।

कार्यक्रममा आदिबासी जनजाति पत्रकार महासंघका बाग्मती प्रदेश अध्यक्ष युवराज श्रेष्ठ, नेकपा एमाले जिल्ला अध्यक्ष आनन्द श्रेष्ठ, रामेछाप नगरपालिकाकी उप प्रमुख बालकुमारी कार्की थापा, मन्थली नगरपालिकाकी उप प्रमुख ईश्वरी वस्नेत, नेपाल पत्रकार महासंघका बाग्मती प्रदेश कोषाध्यक्ष रमेश ढुंगेल, जिल्ला अध्यक्ष बद्री नयाँघरे, रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष केशवप्रसाद घिमिरे, जनजाति महासंघ जिल्ला सचिव श्रीवहादुर माझी, नेपाल प्रेस युनियनका जिल्ला अध्यक्ष अप्रिल अधिकारी, प्रेस चौतारी नेपालका रामेछाप इन्चार्ज युनिक विफा घिसिङ, सम्मानित पत्रकाहरु टीका प्रसाद भट्ट र नबराज श्रेष्ठले पत्रकारीताको क्षँत्रबाट जिल्लाको विकास निर्माण र सामाजिक मुद्धाहरुलाई निष्पक्ष ढंगले उठाउनु पर्नेमा जोड दिएका थिए । समाजका सकरात्मक र नकरात्मक कुरालाई पत्रकारहरुले समान आँखाले हेर्नुपर्नेमा सहभागिहरुले जोड दिएका थिए । कार्यक्रममा पत्रकार सुमित श्रेष्ठले आदिवासी जनजाति पत्रकारहरुको विविध पक्ष समेटेर कार्यपत्र प्रश्तुत गरेका थिए ।कार्यक्रममा पत्रकार सुमित श्रेष्ठले आदिवासी जनजाति पत्रकारहरुको विविध पक्ष समेटेर कार्यपत्र प्रश्तुत गरेका थिए ।

प्रतिकृया

Add