नेपाल शक्तिराष्ट्रबीचको द्वन्द्वमा मुछिदै छः भट्टराई

 आइतवार, भदौ ५, २०७९ | onlinenews

रामेछाप– नेकपा एमालेका सचिव, पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्री योगेश भट्टराईले अमेरिका–चाइना र चाइना–भारतबीचको द्वन्दमा नेपाल मुछिएको बताए । वर्तमान सरकारले असंलग्न स्वतन्त्र परराष्ट्र नीति अलम्बन नगर्दा नेपाल शक्तिराष्ट्रबीचको द्वन्दमा फस्न पुगेको नेता भट्टराईले आरोप लगाए । असंलग्न स्वतन्त्र परराष्ट्र नीतिमा देउवा नेतृत्वको सरकार असफल भएको भट्टराईले बताए ।
नेकपा एमाले कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई संवोधन गर्न रामेछाप आएका नेता भट्टराईले वर्तमान सरकारले नागरिकता विधेकमा ठूलो भूलो गरेको बताए । नागरिकता विधेकमा एमालेको ठूलो विमती नरहेको तर अंङ्गिकृत नागरिकता लिन कम्तिमा सात वर्षको समयसीमा तोक्नु पर्ने बताए । राष्ट्रपतिले विधेक एकपटक भन्दा बढी फिर्ता गर्न नमिल्ने बताएकाले आगामी निर्वाचनमा नेकपा एमालेले बहुमत प्राप्त गर्ने दावि गर्दै एमाले नेतृत्वको सरकारले देउवा सरकारले ल्याएको विधेक संशोधन गर्ने बताए ।
नेकपा एमाले गाउँदेखि केन्द्रसम्म आगामी निर्वाचनमा जुटेको बताए । भदौ महिनाभरीमा नेकपा एमालेले चुनावि घोषणा–पत्र तयार गर्ने पनि नेता भट्टराई बताए । एमालेले समाजवादी ब्यवस्थामा आधारिक पूर्वाधार, आर्थतन्त्र, समृद्धि र सामजिक न्यायलाई प्राथमिकतामा राखेर घोषणा–पत्र जारी गर्ने बताए ।
नेपाली काँग्रेस नेतृत्वको गठबन्धन दक्षिणपन्थी र उग्रवामपन्थी बीचको गठबन्धन भएको टिप्पनी गर्दै नेकपा एमालेको प्राथमिकतामा गठबन्धन नरहेको पनि नेता भट्टराईले बताए । वाम एकताको प्रसंगमा नेता भट्टराईले भने– प्रचण्ड र माधवकुमार नेपाल शेरबहादुर देउवाको घरमा कम्लरी र कमैया बसेकाले उनीहरु देउवाको पञ्जाबाट भागेमा सोच्न सकिने बताए ।
प्रेस चौतारी रामेछापले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता भट्टराई यस्तो बताएका हुन् । शेरबहादुर देउवा नेतृत्वको सरकारले नागरिकता विधेकमार्फत देशलाई खण्डित गरेको पनि उनले आरोप लगाए ।

प्रतिकृया

Add