रामेछाप बजारमा चिरञ्जीवि डेरीको शाखा विस्तार

 सोमवार, भदौ ६, २०७९ | onlinenews

रामेछाप–रामेछापको सदरमुकाम मन्थलीमा मुख्य कार्यालय रहेकोे चिरञ्जीवी डेरी तथा सप्लायर्सले रामेछाप बजारमा शाखा विस्तार गरेको छ । डेरीको शाखा कार्यालय उद्घाटन रामेछाप नगरपालिका प्रमुख लबश्री न्यौपानेले गरेका हुन् । डरीको शाखा उद्घाटन कार्यक्रमलाई संवोधन गर्दै नगरप्रमुख न्यौपानेले दूध किसानलाई नगरपालिकाले सहयोग गर्ने बताए ।
“किसानको गोठदेखिख तपाईको ओठसम्म” भन्ने नाराका साथ दूधका परिकार उत्पादन र बजारीकरण गर्दै आएको चिरञ्जीवी डेरीले जिल्लाका विभिन्न स्थानमा शाखा विस्तार गरेको छ । जिल्लामा दूध उत्पादन र बजारीकरणमा चिरञ्जीवी डेरीले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । दूध उत्पादको उद्देश्यले गाई, भैँसी पाल्न चाहने किसाई चिरञ्जीवि डेरीले ऋण समेत उपलब्ध गराउँदै आएको डेरी सञ्चालन भानु श्रेष्ठले बताए । रामेछाप नगरपालिकामा गाई, भैँसी पालक किसाने न्यून रहेका, किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले रामेछाप बजारमा डेरीको शाखा सञ्चालन गरिएको श्रेष्ठले बताए ।

प्रतिकृया

Add