चोरी भएको मोटरसाइकल प्रहरीले धनीलाई बुझायो

 सोमवार, भदौ ६, २०७९ | onlinenews

रामेछाप– जिल्ला प्रहरी कार्यालय रामेछापले चोरी भएको मोटरसाइकल सहित प्रयोग गर्ने ब्यक्तिलाई नियन्त्रणमा लिएर मोटरसाइकल सम्बन्धित धनीलाई बुझाएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापले साउन महिनाभरी सञ्चालन गरेको चोरीको मोटरसाइकल तथा प्रयोग गर्ने ब्यक्त नियन्त्रणमा लिने विशेष अभियान अन्तर्गत ९ वटा चोरीको मोटरसाइकल र चोरीको मोटरसाइकल प्रयोग गर्ने ४ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । प्रहरीले नियन्त्रमा लिएका ९ वटा मोटरसाइकल मध्य एउटा मोटरसाइकल सम्बन्धित धनीलाई बोलाएर जिम्मा लगाएको हो । मोटरसाइकल धनी पू्र्जा सहित प्रहरीको सम्पर्कमा आएका बागमती प्रदेश ०२–१८ प ४३०१ बजाज पल्सर १५० सीसीको मोटरसाइकल धनी सिन्धुली जिल्ला झाँगाझोली गाउँपालिका–५ का रामगोपाल श्रेष्ठलाई सोमबार मोटरसाइकल जिम्मा लगाएको हो । अन्य मोटरसाइकल धनीहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ ।

प्रतिकृया

Add