बैंकिङ्ग कसुरका फरार प्रतिवादी पक्राउ

 सोमवार, भदौ ६, २०७९ | onlinenews

रामेछाप– बैंकिङ्गक कसूरका फरार प्रतिवादी रामेछाप जिल्ला लिखु तामाकोसी गाउँपालिका–६ का ५३ वर्षिय कृष्णबहादुर खड्कालाई प्रहरीले पक्राउ गरेको छ । दोलखा जिल्ला मेलुङ गाउँपालिका–२ स्थायी ठेगाना भई रामेछाप मन्थलीमा बस्ने सुजुकी कार्कीको जाहेरीका आधारमा उच्च अदालत पाटन ललितपुरबाट पक्राउ पूर्जी प्राप्त भएपछि खड्कालाई पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा आइतरबार राति साँढे ८ बजे मन्थली नगरपालिका–१ सानीमदौबाट खड्कालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ । प्रहरीका अनुसार पक्राउ परेका खड्कालाई उच्च अदालत पाटनबाट ७ दिनको म्याद थप गरि अनुसन्धान भइरहेको छ ।

प्रतिकृया

Add