भदौ १२ देखि १९ सम्म मतदाता नामावलीमा दावि विरोध

 बुधबार, भदौ ८, २०७९ | onlinenews

रामेछाप–निर्वाचन आयोगले भदौ १२ देखि १९ गतेसम्म मतादाता नामावली सच्याउने तथा दावि विरोधको समय तोकेको छ । निर्वाचन कार्यालय रामेछापले अन्तरक्रिया कार्यक्रम आयोजना गरि विवरण फरक परेका मतदाताले सच्याउन र फर्जि मतदाता भएमा दावि विरोध गर्न अनुरोध गरेको हो । मतदाता नामावली अध्यावधिकमा सहयोग गर्न जिल्ला निर्वाचन कार्यालय रामेछापका प्रमुख मधुकर शाहले सरोकारवालासँग अनुरोध गरे ।
मृत्यु भएका ब्यक्ति समेत मतदाता नामावलीमा अध्यावधिक रहेकाले मृत्यु भएका ब्यक्तिको नाम १२ गतेदेखि १९ गतेसम्म हटाएर नामावली अध्यावधिकमा सहयोग गर्न निर्वाचन कार्यालय रामेछापले स्थानीय तहहरुलाई अनुरोध गरेको छ । मृत्यु भइसकेका ब्यक्तिको नाममा समेत पहूँचवालाले मतदान गर्नसक्ने भएकाले मृतकको नाम हटाएरमात्र मतदाता नामावली अध्यावधिक गर्नुपर्ने सरोकारवालाहरुको सुझाव छ । कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति रामेछापकी प्रमुख चिना खड्काले फर्जि मतदाताको नामावली हटाएर वास्तविक मतदाता नामावली मात्र अध्यावधिक गर्नुपर्ने बताइन ।
रामेछापका प्रमुख जिल्ला अधिकारी दिपककुमार पहाडीले मृत्यु भइसकेका, विवाह गरेर अन्त गएका र बसाइसरी गएका ब्यक्तिको मतदाता नामावलीबाट नाम हटाउन निवेदन दिइरहनु नपर्ने बताए । मृत्यु भएको पुष्टि भएमा परिवारका सदस्य मुत्यु दर्ता गर्न नआए पनि मतदाता नामावलीबाट नाम हटाउन वडा सचिवहरुलाई प्रजिअ पहाडीले निर्देशन दिए । गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा रामेछाप जिल्लामा २ लाख ७८ हजार ८ सय ६७ मतदाता मध्य १ लाख १७ हजार २ सय ४२ जनाले मतदान गरेका थिए ।

प्रतिकृया

Add