मरेको दुम्सीसहित दुई पक्राउ

 बिहिबार, भदौ ९, २०७९ | onlinenews

रामेछाप– रामेछापको खाँडादेवि गाउँपालिका–३ सिल्खाबाट मरेको दुम्सीसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिका–५ का २० वर्षीय अनिल भन्ने गिताजंग थापा र मोटरसाइकलमा पछाडि सवार सोही स्थानका २३ वर्षिय नारायण कार्की रहेका छन् । उनीहरुलाई मृत दुम्सीसहित डिभिजन बन कार्यालय रामेछापमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाकारी दिएको छ ।
प्रहरीलाई शंका लागेर बागमती प्रदेश ०२–०३० प ७१८६ नम्बरको मोटर साइकल चेकजाँच गर्दा मोटरसाइकलमा पछाडि सेतो बोरामा लुकाइछिपाई ल्याएको मृत वन्यजन्तु दुम्सी फेला पारेको प्रहरीले जनाएको छ ।

प्रतिकृया

Add