श्याम सुवेदीले दिए ८३ विद्यार्थीलाई ६ लाखको छात्राबृत्ति

 शनिबार, भदौ ११, २०७९ | onlinenews

रामेछाप– रामेछापको मन्थली नगरपालिका–२ निवासी समाजसेवि श्याम सुवेदीका परिवारले ७ वर्षदेखि विपन्न छात्राहरुलाई छात्राबृत्ति प्रदान गर्दै आएको छ । गतवर्ष वर्ष ५७ जनालाई छात्राबृत्ति प्रदान गरेको सुवेदीले यसवर्ष ८३ जना छात्राहरुलाई ६ लाख बराबरको छात्राबृत्ति प्रदान गरेका छन् । सुवेदीले पूर्णछात्राबृत्ति भनेर स्नातक हतमा अध्ययनरत छात्रालाई १८ हजार नगद सहित स्कूल ब्याग, ट्याक्सुट र कपिकलम प्रदान गरेका छन् ।
पूर्ण छात्राबृत्तितर्फ कक्षा १० मा मध्यनरत छात्रालाई १० हजार रुपैयाँ नगदसहित स्कूल ब्याग र कपिकलम प्रदान गरेका छन् । त्यसैगरी आंशिक छात्राबृत्तितर्फ स्कूल पोषाक, ब्याग र वर्षभरीलाई पुग्नेगरी कपिकलम प्रदान गरेका छन् । समता विद्यालयमा अध्ययरत बालिकाहरुलाई भने विद्यालय खर्च भनेर जनही ३ हजार ३ सय रुपैयाँ दिएको छ । छात्राबृत्ति पाउनेमा तामाकोसी जनजागृति क्याम्पस खिम्तीका १२ जना, मन्थली माध्यमिक विद्यालयका ३० जना, मन्थली क्याम्पसका ६ जना, भैरवी माध्यमिक विद्यालय सुनारपानी १० जना, सेतीदेवि माध्यमिक विद्यालय सालु १० जना र समता आवासीय विद्यालयका १५ जना रहेका छन् ।

८३ छात्रालाई प्रदान गरिएको छात्राबृत्ति, दुईतर्फी गाडी भाडा र खाजा गरि ६ लाख ८० हजार रुपैयाँ खर्च लागेको सुवेदीले बताए । छोरीहरुलाई शिक्षमा अगाडि बढाउने उद्देश्यले आफ्नो परिवारको कमाइको एकतिहाई विपन्न छात्रालाई छात्राबृत्तिमा खर्च गर्दै आएको सुवेदीले बताए । यस कार्यलाई निरन्तरता दिने पनि उनले बताए ।
छोरीहरुको चेतनाको विकास र उनीहरुले अगुवाई गर्ने आँट नगरेसम्म समाज अगाडि बढ्न नसक्ने भएकाले आफूले छोरीहरुलाई छात्राबृत्ति प्रदान गर्दै आएको समाजसेवि सुवेदीले बताए । पुरुषमा आदत बिग्रदै गएको साथै अल्छी र विलासिता बढेको भन्दै छोरीहरुको चेतना विकास गरेरमात्र समाजलाई अगाडि बढाउन सकिने बताए । सुवेदीले भने–बालबच्चा हुर्काउदेखि घर धान्न महिला अहोरात्र खटिरहेका हुन्छन् । जबसम्म महिलाको उन्नती हुँदैन तबसम्म समाज अगाडि जाँदैन त्यसकारण छात्राबृत्तिको लागि मैले छोरीहरु नै रोजेको हुँ ।

प्रतिकृया

Add

Comments are closed.

1 COMMENTS
  • पेच कुमार सुनुवार

    राम्रो काम