अरिङ्गालको टोकाइबाट बृद्धको मृत्यु

 आइतवार, भदौ १२, २०७९ | onlinenews

रामेछाप– रामेछापको लिखु तामाकोशी गाउँपालिका–४ कल्लेरीका ७५ वर्षिय बृद्ध टेकबहादुर मगरको अरिङ्गालको टोकाइबाट मृत्यु भएको छ । घाँस काट्ने क्रममा धेरै अरिङ्गालहरुले टोकेर घाइते भएका मगरलाई उपचारको लागि सोही गाउँपालिका वडा नं. ५ धोबी बजारस्थित डिभाइन मेडिकल क्लिनिकमा लगिएको थियो । क्लिनिकमा उपचार सम्भव नभएपछि काठमाडौं लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ ।

प्रतिकृया

Add