प्रदेशसभा ‘क’ मा कांग्रेसबाट घिमिरेको टिकट दावि

 आइतवार, भदौ १२, २०७९ | onlinenews

रामेछाप– आगामी मसिंर ४ मा हुने निर्वाचनका लागि नेपाली काँग्रेसबाट शम्भुप्रसाद घिमिरेले प्रदेशसभा ‘क’ मा टिकट दावि गरेका छन् । लामो समयदेखि पार्टीमा योगदान दिंदै आएका घिमिरेले प्रदेशसभा ‘क’ मा टिक दवि गरेका हुन् ।
प्रत्यक्ष र अप्रत्यक्ष रुपमा पार्टीलाई सहयोग गर्दै आएको छु, त्यसकारण प्रदेशसभा टिकटमा मेरो दावि छ, घिमिरेले भने । जनताका घरदैलोमा विभिन्न कार्यक्रम लिएर पुगेको छु, जनता समक्ष मेरो राम्रो पहिचान छ घिमिरेले भने । पार्टीले टिकट दिएमा आपूmले जितको ग्यारेन्टि लिने पनि घिमिरेले बताए । रामेछाप नगरपालिका–८ निवासी घिमिरे २०४६ सालदेखि नेपाली काँग्रेसमा सक्रिय छन् ।
राजनीतिबाट अहिलेसम्म लाभको पद नदिएका घिमिरेले पहिलो पटक प्रदेशसभा टिकट दावि गरेका हुन् । लायन्स क्लब मार्फत सामाजिक क्षेत्रमा समेत सक्रिय रहेका घिमिरेले जिल्लाका समस्यामा परेका नागरिकलाई सहयोग गर्दै आएका छन् ।

प्रतिकृया

Add