डाँका मुद्दाका फरार अभियुक्त पक्राउ

 आइतवार, भदौ १२, २०७९ | onlinenews

रामेछाप– डाँका मुद्दाका फरार अभियुक्त लिखु तामाकोशी गाउँपालिका–५ का वर्ष २३ का भक्तबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ । डाँका मुद्दामा जिल्ला अदालत रामेछापले २०७७ साल चैत्र ३० गते ६ वर्ष ११ महिला २० दिन कैद र ७० हजार रुपैयाँ जरिवाना फैसला गरेको तामाङ फरार रहँदै आएका थिए ।
जिल्ला प्रहरी कार्यालय रामेछापबाट खटिएको प्रहरी निरीक्षक जटाशंकर यादब नेतृत्वको प्रहरी टोलीले शनिबार मन्थली नगरपालिका–१ देवकोटाचोकमा हिडिरहेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ । पक्राउ परेका तामाङलाई रामेछाप जिल्ला अदालत पेश गरिएको प्रहरीले जनाएको छ ।

प्रतिकृया

Add