म प्रदेश सांसदको स्वभाविक दावेदार हुँ: सभापति खड्का

 मङ्लबार, भदौ १४, २०७९ | onlinenews

सन्तोष ढुङ्गेल


रामेछाप । नेपाली काँग्रेस रामेछाप प्रदेश सभा ’क’ का क्षेत्रीय सभापति निरोज खड्काले आसन्न निर्वाचनमा आफ्नो सशक्त दावी प्रदेश ’क’ को प्रत्यक्ष तर्फ उम्मेदवारका लागि रहने वताएका छन । कांग्रेसको चौधौं अधिवेशनबाट प्रदेश ’क’ को सभापतिमा निर्वाचित युवा नेता खड्काले प्रदेश सांसदको लागि आफ्नो योग्यता र दक्षता पुगेको भन्दै अरु थुप्रै आकांक्षी मध्य आफु स्वभाविक दावेदार भएको जिकिर गरे ।
काँग्रेसको भातृ संस्था नेविसंघको इकाइ समितिदेखि काम गरेका खड्का सामाजिक क्षेत्रमा पनि त्यत्तिकै सक्रिय छन । ग्रामिण विकास र राजनीति शाश्त्रमा स्नातकोत्तर गरेका खड्कालाई पार्टीभित्र एक अध्ययनशील र वैचारिक युवा नेताको रुपमा पनि हेरिन्छ । समग्र जिल्ला विकासको दृष्टिकोणबाट हेर्दा अझैपनि गर्व लाग्ने जिल्ला बन्न नसकेको भन्दै खड्काले भने ’हामीले आफ्नो क्षेत्रबाट पटक पटक बनाएका सांसदहरु संसद मै गुमनाम भए । जनतामा विकासको स्वाद चखाउन र साचो अर्थमा परिवर्तनको अनुभुति दिलाउन जिम्मेवारी बोधका साथ समयसापेक्ष आफुलाई प्रस्तुत गर्न सक्ने र जसरी पनि परिणाम दिन सक्ने अव्वल पात्रको खोजी अब सबै दलभित्र जरुरी छ ।’ यस अर्थमा पनि पार्टीमा थुप्रै अग्रज तथा समकालीन नेताहरुको वीचमा आफु प्रदेश सांसदको रुपमा उम्मेदवार बन्न योग्य रहेको उनको भनाइ छ ।
खड्का भन्छन ’रामेछापका नागरिकले बर्षौदेखि आमुल परिवर्तन चाहेका छ्न । चाहे त्यो नीतिमा होस वा नेतृत्वमा या त सामाजिक रुपान्तरणको क्षेत्रमा होस वा विकास र सम्वृद्दिमा । नागरिकको विकास र परिवर्तनको उत्कट अभिलाषालाई सुरुवाति सम्बोधन गर्ने भनेको उनिहरुमा आशा र विश्वासको अनुभुति हुने प्रतिनिधि मैदानमा उतारेर हो । पार्टीमा कस्ले अवसर पायो वा पाएन त्यो गहन छलफलकै विषय भएपनि आम नागरिकले के चाहन्छ्न ? र त्यो के कस्तो पात्रबाट सहज सम्भव छ ? भन्ने प्रश्न चाहिँ निर्वाचनमा उम्मेदवार तय गर्ने बेला अझै बढी महत्वपुर्ण हुनुपर्छ ।’
लिखुतामाकोशी धोवी निवासी खड्का आफु सबै पुस्ताको साझा उम्मेदवार बन्न सक्ने दावी गर्दै अगाडि भन्छ्न ’नेपाली काँग्रेसले पटकै विच्छे टिकट दिदा जिल्लाको उत्तरी र दक्षिणी भेग मात्रै हेर्यो । यो पटक मध्य भागबाट उम्मेदवार तय गर्यो भने भौगोलिक रुपमा पनि उपयुत्त हुने र काँग्रेसलाई चुनाव जित्न पनि सहज हुनेछ ।’
नेपाली काँग्रेस प्रदेश सभा ’क’ ले यहि भाद्र १६ गते वैठक राखी प्रदेश तर्फका प्रत्यक्ष तथा समानुपातिक आकाङ्क्षी उम्मेदवारहरुको नाम माथिल्लो निकायमा पेश गर्ने सभापति खड्काले जानकारी दिए ।

प्रतिकृया

Add

Comments are closed.

1 COMMENTS
  • Sudarshan thapa

    शुभ कामना!