एमाले रामेछापले गठन गर्यो निर्वाचन समन्वय समिति

 बुधबार, भदौ १५, २०७९ | onlinenews

रामेछाप– नेकपा एमाले रामेछापले आगामी मंसिर ४ गते हुने प्रदेशसभा र संघीय निर्वाचनका लागि निर्वाचन समन्वय समिति गठन गरेको छ । प्रदेशसभा सदस्य एमले रामेछापको पाँचौ बैठकले प्रदेशसभा ‘क’ का लागि जिल्ला पार्टी उप–सचिव होतराज ढकाल र ‘ख’ का लागि जिल्ला कमिटी सदस्य मिलनकुमार घिसिङको संयोजकत्वमा कमिटी गठन गरेको हो ।
प्रदेशसभा ‘क’ अन्तर्गत समितिको सह–संयोजकमा आशबहादुर तामाङ र सचिवको जिम्मेवारी भोला खड्काले पाउनु भएको छ । त्यसैगरी प्रदेश ‘ख’ अन्तर्गत सह–संयोजकमा उज्वल सुवेदी र सचिवको जिम्मेवारी मखमली श्रेष्ठलाई दिइएको छ । समिति सदस्यहरुमा सम्बन्धित प्रदेश अन्तर्गत जिल्ला कमिटी सदस्यहरु, पालिका कमिटीका पदाधिकारीहरु तथा सबै वडा कमिटिका अध्यक्षहरु साथै वडा अध्यक्ष र प्रदेश अन्तर्गतका सम्पूर्ण जनप्रतिनिधि रहने प्रचार विभाग प्रमुख प्रकाशकुमार कार्कीले जानकारी दिए ।
दुवै प्रदेशसभा निर्वाचन समन्वय समितिले पार्टी केन्द्रको निर्देशन तथा बागमती प्रदेशको परिपत्र २२ अनुसार प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका आकांक्षि उम्मेदवारहरुको नामावली जिल्ला पार्टीमा सिफारिस गर्ने छ ।
जसका लागि यही भदौ १९ गते बस्ने बैठकले प्रदेशसभा प्रत्यक्षतर्फका आकांक्षि उम्मेदवारको नाम सिफारिस गर्ने छ भने भदौ २० गते जिल्ला कमिटीको पूर्णबैठकले समानुपातिक र संघतर्फका आकांक्षिहरुको नामका टुङ्याएर बागमती प्रदेश कमिटीमा सिफारिस गर्ने एमाले रामेछापका अध्यक्ष आनन्द श्रेष्ठले बताए ।

प्रतिकृया

Add